काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ताका लागि साढे ६७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । तर यसवर्ष वृद्धभत्ता भने बढेको छैन ।
बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट बिनियोजन गरिएको बताए ।
उनले सामाजिक सुरक्षा भत्तालाई जीवनचक्रमा आधारित बनाइने बताउँदै अपांग, एकल महिला, लोपन्मुखलगायतका विशेष सुरक्षा दिइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया