उखु उत्पादकलाई अनुदान: सरकारले छुट्यायो ९५ करोड बजेट

काठमाडौं । सरकारले कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको जनाएको छ ।

त्यस्तै सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?