पर्यटन मौलिक संस्कृतिको विकास गर्न १ अर्ब २६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले हवाई सेवा होटल ट्राभल, लगायतका लागि एक प्रदेश एक पर्यटकीय गन्तव्य अनुरुप पर्यटकीय पूर्वाधार विकास गरिने योजना ल्याएको छ ।

हिमाली तथा पहाडी क्षेत्रमा पनि मौलिक संस्कृतिको विकास गर्न सरकारले १ अर्ब २६ करोड रुपैया विनियोजना गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन लगायत नयाँ पर्यटन विकासको लागि पनि सरकारले अध्ययन गरिने बताए । त्यस्तै माध्यमिक तह माथिको अध्ययनमा पर्यटन विषय राखिने बताए ।

साथै पर्यटन प्रर्वद्र्धन गर्न र पूर्नजागृत गर्न राष्ट्रसेवक कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहन समेत बताएका छन् ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा खतिवडाले सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?