काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक ग्राम स्थापनाका लागि जोड दिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले देशभरिका १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन गरेको बताए ।
औषधि र स्वास्थ्य सामग्रीमा सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था गरिने अर्थमन्त्रीले बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षम काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया