माध्यमिक भन्दा माथिको तहमा पर्यटन विषय राखिने

काठमाडौं । सरकारले माध्यमिक भन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ ।
सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने बारे जानकारी दिए ।

मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?