सबै जिल्ला सदरमुकाम र सबै प्रदेश राजधानीसँग जोड्ने सडक निर्माण गरिने

काठमाडौं । सरकारले सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न १ अर्ब ८० करोड विनियोजन गरेको छ ।

त्यस्तै संसद भवन र सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण गर्न बजेट छुट्याइएको छ । सरकारलाई पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड बजेट विनियोजन गरेको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बताए ।

शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरीएको छ । सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न १ अर्ब ८० करोड विनियोजन भएको जनाएको छ । पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन भएको छ पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको छ ।

मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?