पुल निर्माणको लागि १० अर्ब ९१ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुल निर्माणको लागि १० अर्ब ९१ करोड रूपैयाँ बिनियोजन भएको छ ।

आगामी आर्थिक वर्षमा सरकारले २ सय ५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्नका लागि उक्त रकम छुट्याएको हो ।

यस्तै प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने भनिएको अर्थमन्त्री खतिवडाले बताए ।

त्यस्तेै सबैतिर सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ ।

कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?