खेलकुद क्षेत्रको बजेट घट्यो, कुल २ अर्ब ३६ करोड मात्रै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको लागि २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको जनाएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक वर्षभन्दा एक अर्ब ६३ करोड कम गरेर बजेट विनियोजन भएको जानकारी दिए ।

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

आगामी आर्थिक वर्षको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो ।

जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ ।

जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?