काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागु गर्ने जनाएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनलाइनबाट भिसा दिने सरकारको योजना सार्वजनिक गरे ।
उनले भने, ‘नेपाल प्रवेशका लागि दिइने प्रवेशाज्ञा भिसा अनलाइन मार्फत् वितरण गर्न सुरु गरिनेछ ।’
बजेट भाषणमार्फत् उनले परराष्ट्र नीतिलाई पारस्परिक लाभमा आधारित रहेर अगाडि बढाइने जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्ष २०७७ /७८ को लागि बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ प्रस्तुत गरेको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए।
गत वर्ष चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट पेश भएको थियो ।
आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा ५८ अर्ब रुपैयाँले कम हो ।
कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ २३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ अर्थात् २३ दशमलव ९ प्रतशत छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ तथा वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाइने अर्थमन्त्रीले बताए । यसैगरी आन्तरिक ऋणबाट दुई खर्ब २५ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया