अविवाहित तथा दम्पतीका लागि यस्तो छ करको दायरा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यक्तिगत आयकरको बढाएको छैन् ।

बजेटमा अविवाहित तथा दम्पतीको आयकरको सीमा भने निर्धारण गरेको छ । जसअनुसार आयकर छुट हुने सीमामा अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्‍याएको छ।

यसअघि यस्तो सीमा ३ लाख ५० हजार र ४ लाख रहेको थियो। तर त्यसभन्दा माथिको आयमा भने आयकर पुरानै रहने बजेटमा उल्लेख गरिएको छ ।

सरकारले तोकेको रकमभन्दा कम आम्दानी गर्ने दम्पती तथा अविवाहित व्यक्तिले एक प्रतिशत मात्र आम्दानी कर तिरे हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?