काठमाडौं । वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमित मानिसको सम्पर्कमा आउँदा संक्रमण सर्ने सम्भावना रहने कुरा अनुसन्धानबाट पत्ता लगाइसकेका छन् । तर, यसलाई यौन सम्पर्कबाट सर्ने रोगको सुचीमा भने विश्व स्वास्थ्य संगठनले अहिलेसम्म राखेको छैन ।
पछिल्लो समय एउटा अनुसन्धानले पत्ता लगाएको छ कि, पुरुषको वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटिएको छ।
बिहिवार जर्नल अफ द अमेरिकन मेडिसिन एशोशिएसनले कोरोना भाइरसको पद्धार्थ पुरुष वीर्यमा पनि भेटिएको तथ्य सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको संक्रमित र संक्रमणपछि नीको भइसकेको पुरुषको वीर्यमा पनि भाइरसको पद्धार्थ भेटिएको अध्ययनमा उल्लेख छ । तर, अध्ययनकर्ताहरु कोरोना भाइरस यौन सम्पर्कबाट सर्ने नसर्नेमा निश्चित भइसकेका छैनन् ।
चिनियाँ रिसर्चरहरुले ३८ जना कोभिड १९ का पुरुषबाट नमुना संकलन गरी अध्ययन गरेका थिए ।
एक महिनासम्म अध्ययन गरेर निष्कर्षमा पुगेका वैज्ञानिकहरुले वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको पुष्टि गरेका हुन् ।
३८ विरामीमध्ये ६ जनामा भाइरसको पद्धार्थ भेटिएको थियो । यसबाट कोरोना भाइरसका संक्रमितको वीर्यमा १६ प्रतिशत भाइसको पद्धार्थ रहने सम्भावना रहेको निष्कर्ष निस्किएको थियो ।
‘क्लिनिकल क्यारेक्टररिस्टिक एन्ड रिजल्ट अफ सिमन टेष्टस एमंग मिन विथ कोरोना भाइरस डिजिज २०१९‘ नामको रिसर्च पेपर लि डियानगेङजिन मिलिङ, बाओ पेङटाओसहितको वैज्ञानिकको नाममा प्रकाशित छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया