काठमाडौं । नदीमा पानी पिउन गएकी महिलालाई गोहीले अचानक हमला गर्यो । गोहीले महिलाको हात टोक्यो र चपाउन थाल्यो ।
त्यसपछि पीडाले छट्पटाएकी महिला महिलाले कराएर आफ्नो छोरालाई बोलाइन् । त्यसपछि छोरा आएर लौरोहरुले प्रहार गरेर गोहीलाई त्यहाँबाट भगाए । तर त्यो बेला सम्म आमाको एउटा हात गोहीले कुहिनासम्म चपाईसकेको थियो ।
त्यसपछि युवकले गाउँलेलाई बोलाएर अस्पतालसम्म आमालाई पुर्याए ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको शिवपुरी स्थित अमोला इलाकामा बुधवार खेतमा काम गरिरहेकी महिला स्वरुपी आदिवासी सिन्ध नदीमा पानी पिउन गएकी थिइन् । त्यहि बेला उक्त घटना भएको थियो ।
उनका छोरा कल्याण आदीवासीले यो जानकारी सञ्चारमाध्यममा दिएको भारतीय मिडियाहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया