रसुवाका कुन स्थानीय तहले कति पाए बजेट ?

काठमाडौं ।  वागमती प्रदेशको हिमाली जिल्ला सरुवाको ५ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट अनुदान कालिका गाउँपालिकाले पाएको छ ।

संघीय सरकारले बिहीबार गरेको बजेट भाषण अनुसार कालिका गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि सबैभन्दा धेरै २३ करोड ६ लाख अनुदान पाउने भएको हो ।

यस्तै उत्तरगया गाउँपालिकाले २१ करोड ८६ लाख, गोसाईँकुण्ड गाउँपालिकाले २० करोड १६ लाख, नौकुण्ड गाउँपालिकाले २१ करोड ७० लाख र आमाछोदिङमो गाउँपालिकाले सबैभन्दा कम १५ करोड १९ लाख बजेट अनुदान पाउने अर्थमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?