नेपाल युएईसँग ७ रनले पराजित,पूरा भएन विजेता बनेर फर्कने सपना

काठमाडौं, ३ फागुन– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आजको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ । योसँगै विजयी बनेर स्वदेश फर्किने नेपालको सपना चकनाचुर बनेको छ नामिवियाको विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा युएईले दिएको २७८ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपाल २७० रनमा समेटियो यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको योगफल बनाएको थियो युएईले दिएको लक्ष्य पक्ष्याउने क्रममा कप्तान पारस खड्काले ११२ रनको सतकीय इनिङ गरेपनि हार टार्न सकेनन् । उनले १०३ बलमा ८ छक्कासहित ११२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० र ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिए विजयी युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?