नेपालमा ‘सिइओ’ सम्मेलनको आयोजना

काठमाडौं, ३ फागुन– आगामी फागुन ३० गते काठमाडौंमा ‘सिइओ समिट तथा अवार्ड’ को आयोजना गरिएको छ । नेपालमा पहिलो पटक हुन लागेको सो कार्यक्रममा १७ देशका झण्डै ३०० जना सिइओ तथा विजनेश लिडरहरु सहभागि जनाइएको छ सिइओ समिट तथा अवार्ड कार्यक्रम मुख्यतया दुई एजेण्डामा केन्द्रित रहने छ बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु के हुने र ठूला र बहुर्राष्ट्रिय कम्पनीका सफल सिइओ तथा नेतृत्वकर्ताले व्यवसाय सञ्चालनका साथै व्यवस्थापनमा कस्ता उपाय अपनाएका छन भन्ने एजेण्डामा छलफल हुनेछ समिट तथा अवार्डमा सहभागी हुन चाहने विभिन्न कम्पनीका सिइओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरले यही फागुन ८ गते अर्थात फेब्रुअरी २० सम्म अनलाइन आवेदन फर्म भर्न सक्नेछन् समिटमा प्रधानमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री तथा यो क्षेत्रका विज्ञसहित सरोकारवालाहरुको समेत सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?