काठमाडौं, ४ फागुन । बौद्ध धर्मावलम्बीहरुले आज ल्होछार अर्था नयाँ वर्ष मनाउँदैछन्, भने तामाङ समुदायले सोनाम ल्होछार मनाउँदैछन् । साथै हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होछार एकै दिन परेको छ माघ ४ गते सरकारले सोनाम ल्होछारको बिदा दिएपनि केही तामाङ समुदायले आफूहरको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो ल्होछार दुबै समुदायले आज एकैदिन धुमधामका साथ मनाउँदैछन् सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया