प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए शपथ

काठमाडौं, ४ फागुन । ४ नं. प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् शुक्रबार बिहान आयोजना गरिएको समारोहका बीच गुरुङलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् त्यस्तै, प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको थियो । तर, गुरुङका काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनको शपथ ग्रहण आज फागुन ४ गतेको लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?