काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले विश्वका विभिन्न ठाउँमा घरेलु हिंसा बढीरहेको छ ।
परिवारका सदस्यहरु एकैसाथ समय बिताउँछन्, तर त्यसको नतिजा लकडाउनमा आएर भने हिंसामा परिणत हुन थालेको छ ।
यस्तै एउटा घटना क्यालिफोर्नियमा भएको छ । उक्त घटनाको बारेमा थाहा पाएपछि तपाई पनि हैरान हुनुहुनेछ ।
त्यहाँ बस्ने एक व्यक्तिले आमाले ट्वाईलेट पेपर लुकाएको आरोप लगाएर आफ्नो आमालाई पिट्नुसम्म पिटे ।
रिपोर्टका अनुसार पुलिसलाई एक फोन आएपछि उक्त घटना सार्वजनिक भएको हो ।
उनकी आमाले ट्वाईलेट पेपर छोरोले धेरै प्रयोग गरेको कारणले गर्दा लुकाइदिएको स्विकारेकी छन् ।
अहिले पुलिसले उनीहरुलाई त्यस्तो नगर्न सल्लाह दिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया