लहान, ४ फागुन – सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको करिब १ प्रतिशत अर्थात ३६२ घरधुरीमा पनि शौचालय निर्माण अन्तिमचरणमा पुगेको उनले बताए शौचालय बनाउन बाँकी रहेको घरधुरीमा पनि छिट्टै शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताए उनका अनुसार, प्रदेश नं. २ का आठ जिल्लामध्ये सिरहामा ९९ दशमलव ६९ प्रतिशत, सप्तरीमा ९६ प्रतिशत, धनुषामा ८७ प्रतिशत, महोत्तरीमा ८२ प्रतिशत, सर्लाहीमा ८२ प्रतिशत, बारामा ६७ प्रतिशत, पर्सामा ८३ प्रतिशत र रौतहटमा ८७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएका छन् यसरी हेर्दा सबै भन्दा बढी सिरहामै शौचालय निर्माण भइसकेकोले २ नं प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला सिरहालाई नै बनाउने हाम्रो तयारी रहेको प्रमुख कुशवाहाले बताए हालसम्म सिरहाको १७ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भइसकेको र ६ वटा स्थानीय तह पनि खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ सिरहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरापलिका, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका, सखुवानन्कारकट्टी र औरही गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको प्रमुख कुशवाहाले बताए उनले बाँकी रहेको सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको अधिकांश वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र घोषणा हुनबाँकी रहेका वडामा पनि शौचालय निर्माणको काम अन्तिमचरणमा पुगेको प्रमुख कुशवाहले जानकारी दिए सरसफाइको दृष्टिकोणले सिरहा जिल्ला मुलुकमै ७४ औं स्थानमा रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । मुलुकमै सिरहाको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधारल्याई २०१५ भित्रमा सिरहा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि विभिन्न कारणले हालसम्म पनि सिरहा खुल्ला दिसामुक्त हुनसकेको छैन् सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त गर्ने लक्ष्य लिएको छ । सरकारको सोही लक्ष्यअनुसार जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान विगत चार वर्षदेखि सञ्चालन हुँदैआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया