काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ ।
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि दिइएको जनाएको हो ।
यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।
सरकाले कोरोनाका त्रासकै बीच कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया