दाङ, ४ फागुन । जिल्लास्थित सञ्चारिका समूह र क्रियाशील पत्रकार महिला समूहले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का निर्वाचित महिला जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ उक्त प्रदेशका उपस्थित १२ जिल्लाका महिला जनप्रतिनिधिले प्राप्त उपलब्धि र संविधानले प्रद्धत गरेको अधिकार कार्यान्वयन र निष्पक्ष न्याय सम्पादनमा आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए उनीहरूले अझैसम्म कार्यविधि नबन्दा आफूहरुलाई न्याय सम्पादनमा अप्ठेरो परेकाले स्पष्ट कार्यविधि छिटो निर्माण गरी कार्य सम्पादनमा सहजता ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए तुलसीपुर उपमहानगरपालिकाका माया आचार्यले नेपालको संविधानले महिलालाई अधिकारसहितको राजनीतिक नेतृत्वमा आउने बसर उपलब्ध गराएकाले आफूहरुले यसलाई भरपुर उपयोग गर्ने बताए घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले संविधानले महिलालाई अधिकार दिए पनि कार्यान्वयन तहमा थुपै्र चुनौती रहेको छ भन्दै अझै पनि महिला र पुरुषबीचको असमानता विद्यमान रहेकाले यो असमानतालाई चिर्न जरुरी रहेको छ भने अबको पाँच वर्षमा नेतृत्व तहमा आउनका लागि महिलामा आन्तरिक रुपान्तरणको खाँचो रहेको पनि उनले उल्लेख गरे नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले स्थानीय तहमा संविधानले उपप्रमुखलाई बढी जिम्मेवारी दिए पनि प्रमुख र उपप्रमुखबीच सहकार्य हुन नसक्दा कार्यसम्पादनमा निकै चुनौती रहेको छ भन्दै उनले न्यायिक समितिलाई ऐन, नियमको अभावबमा कार्यसम्पादनमा समेत अप्ठेरो परेको समेत बताए । स्थानीय तहका उपप्रमुखलाई न्याय सम्पादन गर्ने जिम्मेवारी बहन गर्न विभिन्न तालिमको आवश्यक रहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया