चार जिल्लामा २७० भेटिए लुकेर रहेका कुष्ठरोग पीडित

काठमाडौँ, ४ फागुन – जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका २७० कुष्ठरोगी भेटिएका छन् स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले गत पुसदेखि शुरु गरिएको खोजी कार्य रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा माघ २५ गतेसम्म गरिएको थियो । सर्वेक्षण टोलीले सुस्ता नवलपरासीमा रहेको तीन हजार २०० जनसंख्यामा पनि पाँच कुष्ठरोग पीडित पहिचान गरेको छ महाशाखाका क्षयरोग कुष्ठरोग अधिकृत महेश पुरीले पूरा तथ्यांक आउन अझै केही समय बाँकी लाग्ने बताउनुभयो । प्रारम्भिक तथ्यांकअनुसार रुपन्देहीमा ६२, कपिलवस्तुमा ७७, नवलपरासीमा ८२ र कैलालीमा ४९ नयाँ बिरामी फेला परेको महाशाखाले जनाएको छ सर्वेका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहेको जानकारी दिनुभयो आव २०७३÷७४ मा बढेर शून्य दशमलव ९२ पुगेको पाइएपछि महाशाखाले सहयोगी साझेदारको सहयोगमा जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न शुरु गरेको हो नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोप दर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम अर्थात् शूल्य दशमलव ७७ कुष्ठरोगी रहेको घोषणा भएपनि हालसम्म पनि निवारणको अवस्था नै रहेको छ शुरुकै अवस्थामा नै रोगी बिरामी पहिचान गरी अन्य राग सर्नबाट र अपांगता हुनबाट बचाउने, एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्भेको मद्दत पुगेको बताइएको छ सर्वेका लागि सासाकावा मेमोरियल, दामियन फाउन्डेशनलगायत कुष्ठरोग र क्षयरोगमा काम गर्ने संस्थाको आर्थिक तथा प्राविधिक सहयोग रहेको महाशाखाले जनाएको छ । सर्भेका लागि रु एक एक करोड बराबर रकम खर्च भएको बताइएको छ नयाँ बिरामीबारे थप समस्याबारे अनुसन्धान हुने र उनीहरुलाई औषधि उपचार शुरु गर्ने अधिकृत गिरीले बताउनुभयो । आव २०७३÷७४ मा तीन हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२० भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?