नाम ‘कन्फ्युज’ भएपछि दुई पटक गर्नुपर्यो अन्तिम संस्कार !

काठमाडौं । कहिले अस्पतालको लापरवाहीका कारण आम मानिसलाई धेरै नोक्शान व्यहोर्नु पर्छ ।यस्तै एउटा भारतको दिल्लीमा पनि भएको छ ।

मौलाना आजाद मेडिकल कलेजमा एक व्यक्तिको नामलाई लिएर कन्फ्युजन भयो । जसका कारण अस्पतालले एक व्यक्तिको शव अन्यको परिवारलाई जिम्मा लगाईदियो ।

परिवारले पनि अस्पतालको रिपोर्टमा भरोसा गरेर आफन्तको अन्तिम संस्कार गरे । तर शवको अन्तिम संस्कार गरेपछि वास्तविकता पत्ता लाग्यो ।

अन्तिम संस्कार भईसकेपछि अस्पतालले एक रिपोर्ट निकाल्दै नाममा कन्फ्युज भएर एकको शव अर्को परिवारलाई दिएको बतायो ।

मिडिया रिपोर्टसका अनुसार मोर्चरीमा मोइनुद्दीन नामबाट दुई जनाको शव राखिएको थियो । मेडिकल कलेजलले नाममा कन्फ्युज भएर एक परिवारलाई अर्कैको शव जिम्मा लगायो ।

मृतकका छोरा कलामुद्दिनले आफ्ना पिताको मृत्यु कोरोनाबाट भएको बताएका थिए । त्यसैले मृतकको अनुहार छोपिएको थियो ।

त्यस्तै दोश्रो तर्फ मोइनुद्दिनको परिवारलाई पनि मेडिकल कलेजले बोलाएर एक शव जिम्मा लगायो ।मृतकको उमेर ५० वर्ष थियो ।

उनको मृत्यु प्रेसर हाईका कारण भएको थियो । जब आफन्तले हेर्दा शव अरुकै भएको जानकारी पाएपछि सबै तीन छक्क परे ।

जब अस्पतालको लापरवाहीको बारेमा थाहा भयो तब उनीहरुले उनीहरुको आफन्तको शव लानेलाई सम्पर्क गरे ।

त्यो बेलासम्म उनीहरुले उक्त शवको अन्तिम संस्कार गरिसकेका थिए । जब उक्त परिवारलाई पनि त्यो बारेमा थाहा भयो त्यसपछि दुबै परिवारले सम्झौता गरेर पुनः अन्तिम संस्कार गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?