काठमाडौं । अहिले सारा विश्व नै त्रस्त भएको छ । कोरोना रोकथामका लागि मानिसहरुले मास्कको प्रयोग गर्न थालेका छन् ।
भारतका एक फोटोग्राफरले कोभिड-१९ लकडाउनको क्रममा व्यक्तिहरूका लागि अनुकूल फेस मास्कहरू सिर्जना गरिरहेका छन् ।
केरलाको कोट्टायमको एट्टुमानूरमा एकफोटोग्राफी पसल चलाइरहेका ३८ वर्षीय बिनेश जी पलले व्यक्तिको अनुहार देखिन सक्ने सुरक्षात्मक मास्क डिजाइन गरेका हुन् ।
बिनेशका अनुसार मास्कमा मानिसको अनुहारको फोटो प्रिन्ट गर्न २० मिनेट जति समयलाग्ने तथा एक मास्कको लागि ६० रुपैयाँ पर्ने हुन्छ ।
At Kottayam, Kerala, they print your face on the mask so that even when you wear the mask, people can recognise you. It takes 15 minutes to print. Cost – ₹60. #innovation #ideas pic.twitter.com/VDk4WNzyPd
— Ananth Rupanagudi (@rananth) May 24, 2020
उनले डिजाइन गरेको मास्कले व्यक्तिलाई एक अर्कालाई चिन्न सजिलो बनाउने गर्छ ।
उक्त प्रकारको मास्क बनाउने प्रक्रियाको बारेमा बताउँदै उनले मानिसको फोटो क्लिक गरेपछि सुब्लिमेशन प्रिन्टिङ गरेर उक्त छविलाई विशेष कागजमा ट्रान्सफर गरेपछि फोटोलाई पछि ठूलो बनाएर मास्कमा सुपरइम्पोज गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया