एसइइ परीक्षा बारे बोले मन्त्री पोखरेल : ‘उपयुक्त समयमा परीक्षा लिने व्यवस्था गरिने छ’

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस महामारीका कारण घर नै विद्यालय बनेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री पोखरेलले महामारीले परम्परागत शिक्षाको सिमिततालाई उजागर गर्दै शिक्षा क्षेत्रमा तीन विषयमा रुपान्तरण भएको र घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको बताएका छन् ।

उनले भने ‘अहिलेको महामारीको सन्दर्भमा मुलतः शिक्षा पद्धतिमा तीन विषयमा रुपान्तरणको अवसर प्राप्त भएको छ । पहिलो विद्यार्थीमा स्वअध्ययन, मनन र बुझाईको प्रक्रियाबाट शिक्षा लिने बानीको अवसर प्राप्त भएको छ । सो सिकाईमा केन्द्रीत हुँदा शिक्षक, विज्ञ, पुस्तक, इन्टरनेट, मिडिया आदिको प्रयोग गर्न पनि यसले सिकाएको छ । घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको छ ।

दोस्रो प्रतक्ष आमने सामने भएर शिक्षा आर्जन गर्ने प्रणालीको विकल्प र परिपुरकको रुपमा वैकल्पिक शिक्षा पद्धतिलाई स्वीकार गर्न बाध्य बनाएकाले अब खुला तथा दुर शिक्षा, वैकल्पिक शिक्षा अनौपचारिक शिक्षाको विकासमा तिब्रता ल्याउन हामीलाई प्रेरित गरेको छ । तेस्रो शिक्षाको प्रविधिमा आधारीत औद्योगिक क्रान्तीका बिच आर्टिफिसियल इन्टेलिजेन्स युगमा सूचना तथा सञ्चार प्रविधिलाई अधिकतम अंगिकार नगरि नहुने पाठ सिकाएको छ ।’

उनले कोरोना भाइरसका कारण रोकिएको शिक्षा क्षेत्रमा बालबालिकाको सिकाई निरन्तरता सुनिश्चित गर्न मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७ जारी गरिएको बताए । उनले रेडियो, टेलिभिजन, अनलाईन, छापा माध्यमको प्रयोग गरी स्वअध्ययनका माध्यमबाट सिकाइको निरन्तरता सुनिश्चित गर्ने गरी होम स्कुलिङको व्यवस्थाको लागि बजेट व्यवस्थापन भएको बताए । उनले उक्त निर्देशिका आगामी असार १ गतेदेखि कार्यान्वयनमा आउने जानकारी गराए ।

उनले चार वटा पद्धतिको आधारमा घरलाई नै विद्यालय बनाउने सोच अनुरुपमा निर्देशिका जारी गरिएको बताए । उनले भने ‘हामीले चारवटा पद्धतिको आधारमा यो घरघरमा बसिरहेकालाई घरलाई नै विद्यालय बनाउने सोच अनुरुप स्कुल र अभिभावकको संयोजनमा यो कामलाई अगाडी बढाउन खोजिएको छ ।’

उनले घरघरमा पुस्तक पठाउने, एफएम मार्फत पठन पाठन गराउने, टेलिभिजन र केबुलहरुबाट पठनपाठन गराउने, र अनलाइन एजुकेसनबाट पठनपाठन गराउने व्यवस्था गरेको बाताए ।

महामारीका कारण अवरुद्ध भएको कक्षा १०, ११ र १२ तथा विश्व विद्यालयका परीक्षा र सिटिइभिटिका परीक्षाका सम्बन्धमा भएका अन्यौलतालाई सरकारले तत्काल स्पस्ट पारे । उनले विद्यालय तथा विश्व विद्यायलमा पढाई निरन्तरता दिएपछि पनि उपयुक्त समयमा परीक्षा लिने व्यवस्था गरिने बताए । उनले उपयुक्त समयमा परीक्षा लिने व्यवस्था गरिने र शैक्षिक सत्र क्षति हुन नदिने तर्फ गृहकार्य भइरहेको बताए । शिक्षालाई कामको संसारसँग जोडदै पढाईसँगै काम भन्ने मान्यता अनुसार कार्यक्रमहरु तय भइराखेको जानकारी दिए ।

उनले तोकिएको लक्षित वर्गका सबै बालबालिकालाई तोकिएको ढाचा अनुसार पुग्ने गरी छात्रवृतिको व्यवस्था गरिएको बताए ।

उनले व्यवस्थित रुपमा ठूला विद्यालय सञ्चालन गर्न वद्यायलहरुलाई मर्ज गर्ने कार्यक्रम ल्याइएको बताए । उनले भने ‘भौगोलिक अवस्था, जनसांखीक अवस्था बनावट, भौतिक पूर्वाधार व्यवस्था लगायतका आधारमा विद्यालय तथा शिक्षण संस्थाहरुको नक्साङ्कन गरी दुर्गम तथा विकट हिमाली क्षेत्रहरुमा विद्यालयहरु मर्ज गरी आवशिय सुविधा सहितका विद्यालय सञ्चालन र घना वस्ती भएका सहरी क्षेत्र र तराईमा विद्यालय एकिकरण र समायोजन गरी व्यवस्थित ठूला विद्यालय सञ्चालनमा ल्याउन आवस्यक बजेट व्यवस्था गरिएको छ ।’

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलिकरणको दशकीय कार्यक्रम प्रस्तुत भइसकेको सन्दर्भमा गैह्र सरकारी क्षेत्र, विकास साझेदारहरु, निजी क्षेत्र सबैको सहयोग लिन सक्ने बताए । उनले सामुदायिक विद्यालयको सार्वजनिक शिक्षाको जिम्मा निजी विद्यालयलाई दिने अभिप्राय नरहकेो स्पस्ट पारे ।

संघ र प्रदेश दुवैदे विश्व विद्यालय बनाउन सक्ने संवैधानिक व्यवस्था अनुसार केही नयाँ विश्व विद्यालय खोल्ने सम्बन्धमा प्रवुद्ध वयक्तहरुसँग छलफल भइराखेको जानकारी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?