काठमाडौं । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा भेटेकी छिन् । टिकटकमा भेटेपछि दुईको पुनर्मिलन भएको बताइएको छ ।
पति हराएको निवेदन दर्ता गर्दा पनि उनका पतिलाई पत्ता लगाउन सकेको थिएन । ती पुरुष सन् २०१६ मा भागेर तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको बीबीसीलाई पुलिसले जनाएको छ ।
पत्नीका एकजना नातेदारले ती पुरुषलाई टिकटक भिडियोमा तेस्रोलिङ्गीसँग देखेपछि प्रहरीले खोजी सुरु थालेको थियो । महिला बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा पुलिसले उक्त पुरुषलाई भेटाएका हुन् ।
जिल्लाको तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि भिडियोमा देखिएको तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको पुलिसले बीबीसी तमिललाई बताएका हुन् ।
बीबीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया