काठमाडौं । एक बाघलाई जन्मकैदको सजाय दिइयो भन्ने कुराले तपाई अचम्मित बन्नुहोला ।
किनभने हामीले जन्मकैदको सजाय मात्र मानिसलाई नै दिएको देखेका र सुनेका छौँ । तर आज हामी तपाईलाई बाघलाई जन्मकैदको सजाय दिइएको बारेमा जानकारी गराउनेछौँ ।
उक्त बाघमाथि मानिसलाई आक्रमण गरेको आरोप छ । जसकारण उसलाई जन्मकैदको सजाय दिइएको हो । जंगलको सट्टा अब बाघ एक्लै बस्नेछ ।
उक्त बाघलाई अहिलेसम्म तीन जनाको हत्या गरेको आरोप लागेको छ ।
भारतको मध्य प्रदेशमा एक बाघमाथि तीन जनाको हत्या गरेको आरोप लागेपछि आजीवन कैदको सजाय सुनाइएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया