काठमाडौं । कोरोनाका कारण मानिसहरु आफ्नो घरमा कैद भएका छन् । बिस्तारै बिस्तारै उद्योगधन्दासहित पसलहरु खुल्न थालेका छन् ।
जसका कारण मानिसहरु बाहिर निस्किन थालेका छन् । यसैबीच भारतको यमुना एन्क्लेभ पाणीपातमा कुकुरका कारण मानिसहरु बाहिर निस्किन सकेका छैनन् ।
जसका कारण कुकुर समात्नेलाई पुरस्कारको समेत घोषणा गरिएको छ । बितेका दुई महिनामा कुकुरले ३० जनालाई शिकार बनाइसकेको छ ।
सोसाइटीका गार्ड, स्वीपरहरु कुकुर समात्न नसकेकाले यो अवस्था आएको छ ।
सबैले नसकेपछि अब कुकुर समात्नेलाई १९ हजार २ सय रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया