काठमाडौं । फिलाडेल्फिनियास्थित थोमस ज्याफरसन युनिभर्सिटीका बायोलोजिस्ट जेम्स स्वाबेरले हरेक दिलको आफ्नो एउटा दिमाग हुने दाबी गरेका छन् ।
यो कुरा प्रमाणित गर्न वैज्ञानिकले दिमाग वाला दिलको एक ३ डी नक्शा पनि बनाएका छन् । यो दिमाग मात्रै दिलको लागि काम लाग्ने उनले बताएका छन् ।
बायोलोजिस्ट जेम्स स्वाबेरले मुसाको दिलको अध्ययन गरेका थिए । त्यसपछि उनले दिललाई नाइफ एज स्क्यानिङ माइक्रोस्कोपीबाट दिलको बिस्तृत तस्वीर लिएर उक्त तस्वीरको जुन भाग पहेँलो रङमा देखाइएको छ त्यहिँ यसको दिमाग रहेको बताएका छन् ।
दिल भित्र रहेको यो दिमागलाई इन्ट्राकार्डिएक नर्भस सिस्टम आइसीएन भनिन्छ । यसै दिमागको ईशारामा दिलले काम गर्दछ । यसले दिल भित्र सञ्चार व्यवस्थालाई सुचारु रुपले चलाउने मद्दत गर्दछ ।
त्यति मात्रै होइन, यसले दिलको नर्भस सिस्टमलाई चुस्त राख्छ । शरीरमा कति रगत सप्लाई गर्ने हो यो कुरा पनि बताउँछ ।
यहि दिमागका कारण दिल केहि रोगबाट बचाइरहेको हुन्छ ।
जेम्स श्वाबेरले भने, हामीले जुन नक्शा तयार पारेका छौँ कि, यसले दिलको रोगले कति प्रभावित पार्छ भन्ने कुरा देखाउँछ । जसको माध्यमबाट उपचारमा सहायता मिल्छ ।
उनले भने, ‘दिलको बायाँ भागमा दिमाग वाला न्युरोन्स धेरै हुन्छ । त्यहिँबाट यसले आफ्नो काम गर्दछ ।’
आईसाइन्समा २६ मेमा प्रकाशित जेम्सको यो शोधको बारेमा बिस्तारमा बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया