‘प्लास्टिक सर्जरी’ पछि बद्लियो यी पाँच अभिनेत्रीको अनुहार

बलिउडमा त्यस्ता केहि अभिनेत्रीहरु पनि छन् जो, आफ्नो अभिनयले मात्र होइन, सुन्दरताको हिसावले पनि सोसल मिडियामा चर्चा कमाइरहन्छन् ।

त्यति मात्रै होइन केहिले त आफ्नो सुन्दरता बनाउनका लागि पनि अनुहारमा विभिन्न प्रयोग गरेका छन् ।

त्यस्तै मध्यको एक हो प्लाष्टिक सर्जरी । आज हामी तपाईलाई प्लाष्टिक सर्जरी पछि आफ्नो रुप बदलेका अभिनेत्रीहरुको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

पहिलाको फोटो र प्लास्टिक सर्जरी पछिको फोटो हेर्दा तपाईले आकाश पातालको अन्तर पाउनुहुनेछ ।

१. अनुष्का शर्मा

बलिउडकी सुन्दरी नायिका मध्येकी एक हुन् अनुष्का शर्मा । उनले झनै राम्रो बन्नको लागि ओठको प्लास्टिक सर्जरी गराएकी छन् ।

ओठको सर्जरी गरेपछि उनको लुकमा धेरै परिवर्तन देख्न सकिन्छ । प्लास्टिक सर्जरी गर्दा उनलाई लिएर ट्रोल बन्न शुरु भएको थियो । तर पछि उनको फेरीएको सुन्दर रुपको धेरैले तारिफ गर्न थाले ।

२. मिनिषा लाम्बा

मनिषा लाम्बाको कुरा गर्ने हो भने उनी अशिले फिल्मी दुनियाँबाट टाढा छिन् । तर उनले आफ्नो समयमा धेरै नाम कमाएकी थिइन् ।

उनले राम्रो बन्नको लागि नाकको सर्जरी गराएकी थिइन् । त्यसपछि उनको अनुहारमामा धेरै परिवर्तन आएको थियो ।

३. प्रियंका चोपडा

बलिउडकी देशी गर्लका नामले चर्चित प्रियंका चोपडाले पनि प्लास्टिक सर्जरी गराएकी छन् ।

उनले राम्री बन्नको लागि नाक र ओठको प्लास्टिक सर्जरी गराएकी हुन् । त्यसपछि उनको सुन्दरता झनै बढ्यो ।

४. कोइना मित्रा

लोकप्रिय रियालिटी शो बिग बासको १३ औँ सिजनकी कन्टेस्टेन्ट बलिउड अभिनेत्री कोइना मित्राले पनि सुन्दरता बढाउनका लागि प्लास्टिक सर्जरी गराएकी थिइन् ।

उनले आफ्नो नाकको सर्जरी सन् २०११ मा गरेकी थिइन् । त्यसपछि लगभग उनी फिल्मी पर्दाबाटै हराइन् ।

 

५. आयशा टाकिया

डोर, सलाम ए इश्क र वान्टेड जस्ता चर्चित बलिउड फिल्ममा अभिनय गरेकी नायिका आयशा टाकिया अब फिल्मी दुनियाँबाट लगभग देखिन्नन् ।

उनले पनि ओठको सर्जरी गराएकी थिइन् । उनी अहिले सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?