यस वर्ष एसईई परीक्षा नहुने

काठमाडौं । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नगर्ने भएको छ । आज(बुधवार) साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णय अनुसार अब विद्यालयको आन्तरिक मूल्यांकलनको आधारमा बिध्यार्थीको ग्रेड निर्धारण हुनेछ ।

शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो ।

यस वर्षको एसईई परीक्षा गत चैत ६ गतेको लागि तोकिएको थियो । कोरोनाको कारण गत चैत ५ गते चैत ५ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरेको थियो ।

परीक्षा रोकिएसँगै बिध्यालयहरुले गरेको आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । साथै त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?