रुकुम, ५ फागुन । कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् उनले २०६२ सालदेखि मौरी पाल्न शुरु गरेका हुन् । मौरीपालनले उहाँलाई सफल उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि दिलाइदिएको छ । बाह्र वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गर्नुभएका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुन “शुरुमा रु पाँच सय ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पु¥याएको छु,” खड्काले भने । वर्षमा दुई याममा मह निकाल्ने गरेको र एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उनको भनाइ छ । उनले उत्पादित मह प्रतिकिलो रु ६ सय र मौरीसहितको घारलाई रु तीन हजारमा बेच्ने गरेका छन् मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु ६ लाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । परिश्रमअनुसार आम्दानी राम्रो हुँदै गएपछि खड्का अहिले खुशी छन् । मह बिक्रीबाट आएको पैसाले आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेको उनले बताए उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लाभित्रै खपत हुने गरेको खड्काले बताए । उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ आव २०७३–०७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत खड्का अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम समेत दिने गरेका बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया