१२ वर्षको उमेरमा लभ, १३ वर्षमा आमा

गुल्मी, ५ फागुन । हामीले सुनेको हो । कुनैबेला ८–१० वर्षकै उमेरमा बावु आमाले छोरीको विवाह गराई दिन्छन् भन्ने सुनिन्थ्यो । अहिले भने बावु आमाले त्यस्तो वाल विवाह गराई दिन छाडेका छन् । तर छोरीहरु आफैले भने ११–१२ बाह्र वर्ष कै उमेरमा प्रेम सम्वन्ध राख्ने र आफु खुसी विवाह गर्ने यदाकदा पाइन्छ त्यसको पछिल्लो उदाहण हो गुल्मी दरवार गाउँपालिका वडा नम्वर २ जुभुङ्ग झिरवासकी पार्वती विक र किशान विकको विवाह । पवित्र अहिले १४ वर्षकी भइन् । दुई वर्ष अघि उनको १२ वर्षको उमेरमा २० वर्षिय किशान विकसँग प्रेम विवाह भएको थियो गत वर्ष उनले १३ वर्षको उमेरमा छोरा जन्माएकी छन् । उनको र वालकको स्वास्थ्य अवस्था पनि ठिक छ । ‘स्कुल पढ्दा पढ्दै लभ चल्यो अनि दुवैको मन मिल्यो र राजीखुशीले विवाह गरेका हौं,’ पवित्रले भनिन्, ‘१२ वर्षको उमेरमा विवाह सम्वन्धमा बाँधिदा कुनै समस्या भएन ।’उनले घर परिवार माईती सवै संग राम्रो समवन्ध भएको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?