बैंक तथा वित्तिय संस्था सञ्चालन हुने

काठमाडौं । सकारले बैंक तथा वित्तीय संस्थाहरु खोल्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै त्यस्तो निर्णय भएको बताए ।

आम मानिसको दैनिक जनजीवन सहज बनाउनको लागि सरकारले यस अघि एक तिहाई कर्मचारीहरु राखेर बैंकहरुले सिमित शाखाबाट मात्रै सेवा दिन निर्देशन दिएको थियो ।

साथै अब भने भौतिक दुरी कायम गरी बैंकका सबै शाखा सञ्चालन गर्न पाउने खतिवडाले निर्णय सार्वजनिक गर्दै बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?