मालिक पुलबाट नदीमा हाम्फाले, ७ दिनसम्म पुलमा पर्खिरह्यो कुकुर !

काठमाडौं-  कुकुरलाई मानिससँग सबैभन्दा मिल्ने जनावरका रुपमा लिईन्छ ।  विभिन्न तालिमपश्चात् उसले अनेकन काम गरेर वाहवाही बटुलेको हामीले पनि देखेका छौँ । त्यतिमात्रै होईन तालिमप्राप्त कुकुर अपराधीको पत्तो लगाएको हामीले पनि देखेका छौ।

नेपाल प्रहरीले पनि कुकुरलाई आफ्नो सहयोगीको रुपमा लिएको पाईन्छ । विभिन्न सिनेमामा पनि कुकुरलाई

साथीको भूमिकामा देखाईन्छ । तर यतिबेला एउटा निकै मर्मस्पर्शी समाचारले मानिसको मथिंगल हल्लाएको छ ।

कोरोना भाईरस ‘कोभिड १९’ ले आक्रान्त बनेर बिस्तारै सामान्य बन्न थालेको चीनको विभिन्न सामाजिक सञ्जालमा भाईरल भएको समाचार हो – एउटा बफादार कुकुरको ।

पुलबाट समुन्द्रमा हाम्फालेका आफ्ना मालिकलाई पुलमा बसेर एकोहोरो खोजीरहेको छ, यो कुकुर ।

उ पुलको जालीबाट घरी घरी नदीतिर चिहाउँछ । उसले यसो गरेका सात दिन बितिसक्यो । तर उनका मालिक नफर्केको हुनाले उ त्यहि क्रम दोहोर्याईरहेको छ ।

Dog waiting on Wuhan bridge

मानिसले मानिसको भलाई नगर्ने यो दुनियाँमा कुकुरले मालिकको प्रतीक्षा गर्दै धेरै दिनसम्म पुलबाट पर्खिरहेका फोटो र भिडियो विश्वका धेरै सञ्चारमाध्यमले कभर गरेका छन् ।

प्रकाशित समाचारमा प्रयोगकर्ताले उक्त कुकुरले निकै चित्त दुखाएको भन्दै प्रतिक्रिया दिएका छन् । केहीले ‘यति माया गर्ने साथीलाई छाडेर किन हाम्फालेको ?’ भन्दै उक्त मालिकसँग रिसाएका छन् । मालिक पुलबाट नदीमा झर्न आउँमा कुकुर उनैलाई पच्छ्याउँदै आएको थियो ।

केहि दिनअघि एक स्थानीयले चीनको वुहानमा यान्जीत ब्रिजको फुटपाथमा भेटिएका पशुको फोटो खिचेका थिए ।

एक स्थानीय जसलाई ‘छु’ भनेर चिनिन्छ । तयसपछि यो त्यहाँका स्थानीय पत्रिका र अनलाईनमा सेयर भयो ।

उनले चाहेका थिए यो परिस्थिति वर्णन गर्दै केहि तस्वीरहरु अनलाइन साझेदारी गरेपछि यसरी घरपालुवा जनावर अलपत्र पार्नेहरु आएर फिर्ता र्लैजानेछन् । तर भएन त्यस्तो । बरु खुल्यो नयाँ रहस्य ।

यो समाचारपछि वुहान लघु पशु संरक्षण संघले उक्र अलपत्र कुकुरको मदत गर्न खोजे। यद्यपि कुकुरले केही पानी लिन र साइटबाट अन्त सर्न अस्वीकार गर्‍यो ।

Dog waiting on Wuhan bridge

पछि घटाबारे प्रहरीलाई खबर गर्दा अनुसन्धानबाट पत्ता लाग्यो कि एक जना मानिस गत मे ३० तारिकका दिन मध्यरातमा त्यस पुलबाट हाम्फालेका रहेछन् ।

एक सातासम्म मालिकलाई एकोहोरो कुरेको कुकुरबारे पुल मर्मत गर्ने कर्मचारी पनि अच्चमीत परेको स्थानीय रिपोर्टलाई उदृद गर्दै अंग्रेजी सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय ‘छु’ ले जब अलपत्र कुकुरलाई आफ्नो कारमा हालेर घर लगे तर त्यो कुकुर उफ्रेर भाग्दै फेरी मालिक झरेको पुलको छेउबाट नदीमा चिहाईरह्यो ।

उसको बारेमा नियालिरहेका अधिकारी भन्छन् विभिन्न भिडियो फूटेज केल्याउँदा उक्त रात ति मालिक नदीमा खसेको देखिन्छ । तर के कारणले उनले आत्महतया गरे भन्नेबारे थाहा हुन सकेन । यो कुकुर एकोहोरो हेरिरहन्छ, आँशु झार्छ । बोल्न सक्दैन । यो अबोध कुकुरलाई यसरी बेसहारा बनाउँनुहुन्न भनेर उसको उद्धार गरीएको छ । आफ्नैले आफ्नालाई धोका दिने मानिसहरुको जमातमा यो बफादारी कुकुरले देखाएको माया शब्दमा वर्णन गर्न नसकिने भन्दै मानिसहरुले मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।

 

गत महिनापनि एउटा अर्को बफादारी कुकुरले अस्पतालमा मालिकलाई कुरेको समाचारले धेरैको आँखा रसाएका थिए ।
के थियो त्यो घटना ? हेर्नुहोस् गत २०७७, १४ जेष्ठ बुधबार २१:५१ मा प्रकाशित समाचार

कुकुरलाई बफादारको रुपमा घरमा पाल्ने गरिन्छ ।

यसको उदाहरण कोरोनाका कारण ३ महिना पहिला मालिकको मृत्यु हुँदा पनि अस्पताल बाहिर ३ महिनासम्म कुरेर बसीरहेको कुकुरबाट हामीले सहजै अनुमान गर्न सक्छौँ । यो घटना चीनको हुबेई प्रान्तको हो ।

जहाँ अस्पतालको बाहिर कुकुर मालिक आउने आशमा घुमिरह्यो । आज भन्दा तीन महिना पहिला उक्त कुकुरको मालिकको मृत्यु भयो ।

तर मालिक आउने आशमा कुकुर तीन महिनासम्म पनि अस्पतालको चौरमा बसीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अस्पतालका अनुसार कुकुरको नाम जिआ बाओ रहेको छ । ७ वर्षको उक्त कुकुर अहिलेसम्म पनि मालिकको पर्खाईमा रहेको छ । उसलाई आफ्नो मालिक फर्किने अझै आश छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?