काठमाडौं । शनिवार(भोली) देशभरका सबै बैक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको हो छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको जनाएको छ ।
राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्कका शाखाहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनका अनुसार बैङ्कमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया