काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा नेपालको निशान छापमा प्रतिबिम्बित हुने गरी संविधान संशोधन प्रस्ताव ल्याएकोमा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी विपक्षमा देखिइन् । उनले पार्टीको नीति विपरित नै सो संशोधन प्रस्तावविरुद्ध आफ्नो संशोधन नै संसद सचिवालयमा दर्ता गराइन् ।
त्यसपछि संघीय सांसद भएर भारतको पक्षमा लबिङ गरेको भन्दै उनको चर्को आलोचना भएको छ भने केही उच्छृंखल समूहले आफ्नो घरमा ढुंगा मुढा भएको गिरीले दावी गरेकी छिन् ।
यहीबीचमा उनका समर्थकहरुले गिरीको समर्थन तथा सरकारको विरोधमा शुक्रबार रौतहटको गौरमा प्रदर्शन गरेका छन्।
सांसद गिरीको घरमा तोडफोड गरेको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश पोखेका थिए । प्रहरीलाई छल्दै उनीहरुले ‘ओली देउवा राष्ट्रघाती हुन् , गिरी होइनन्’ भन्दै नाराबाजी गरेका थिए ।
केही तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया