काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुरमा रहेको लेपाक्षी मन्दिरका पिलर्सहरु हावा झुल्छन् ।
तपाईलाई यो कुरा भनिरहँदा विश्वास गर्नै गाह्रो पर्यो होला तर यो कुरा वास्त्वमा सत्य हो । यो दिव्य मन्दिरका ७० भन्दा धेरै पिलर्सहरु छन् ।
जसले बिना कुनै सहारा खडा भएर मन्दिर अड््याएका छन् । त्यहाँ यहि दिव्य र अचम्मित पार्ने पिल्लर्स हेर्नलाई नै धेरै पर्यटक त्यहाँ पुग्ने गर्दछन् । यस बारेको रहस्य जान्ने कुरा धेरैले प्रयास गरेपनि सकेका छैनन् ।
राम, लक्ष्मण र सीता १४ सालको वनवासका क्रममा त्यहाँ पुगेको मान्यता रहेको छ । रावणले सितालाई हरण गरे लाँदा जटायुले रोक्न खोज्ने क्रममा रावणको प्रहारबाट त्यहि ठाउँमा जटायुको मृत्यु भएको थियो ।
लेपाक्षीको अर्थ पंक्षी उठ भन्ने रहेको र यो शब्द तेलेगु रहेको बताइन्छ ।
यो मन्दिर विजयनगरका राजाको लागि काम गर्ने विरुपन्ना र वीरन्नाले सन् १५८३ मा निर्माण गरेको बताइनछ ।
त्यस्तै पौराणिक मान्यताका अनुसार उक्त मन्दिर ऋषि अगस्त्यले बनाएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया