लकडाउनले बढायो सय किलो तौल !

काठमाडौं । लकडाउनमा घरमा बसिरहेको कारण मानिसहरुको काम खाने र सुत्ने मात्र भएको छ । किनभने बाहिर सबै बन्द भएका छन् ।

यस्तो अवस्थामा एक मानिसको तौल कति बढ्ला ? हामीले अनुमान गरेका होलाउँ ५ वा १० तर एक मानिसको तौल लकडाउनमा १०० किलो बढेको छ ।

चीनको वुहान शहरमा बस्ने ति व्यक्तिको तौलमा लकडाउनमा घरमै बसेका कारण एक सय किलो बढेको हो ।

जसका कारण उनलाई अस्पताल भर्ना गरिएको छ । अस्पतालमा भर्ना गराएका बेला उक्त मानिसको तौल २८० किलो थियो ।

२६ वर्षका ति मानिसको तौल महिना दिनको लकडाउनमा त्यति धेरै बढेपछि सबै अचम्मित भएका छन् ।

उनलाई अहिले उपचारका लागि झोउको अस्पतालमा भर्ना गरिएको छ । उनी त्यहिँकै एक इन्टरनेट क्याफेमा काम गर्थे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?