अनुहारको चाउरी पन हटाउन एन्टि एजिङग मास्कको प्रयोग

वास्तविक उमेर भन्दा धेरै उमेर देखिएको छ । अनुहारमा चाउरी पनले गर्दा वास्तविक उमेरभन्दा ५ गुण धेरै उमेको देखिन्छ एन्टि एजिङ्ग मास्कको प्रयोग गर्नुका फाइदाहरुयसको प्रयोगबाले अनुहारमा प्राकृतिक चमक ल्याउनुको साथै गोरो बनाउँछ यसमा भिटामिन ए, सि हुन्छ जसले अनुहार देखिएको चाउरी पन हटाउँछ यसको प्रयोगले अनुहारलाई पुन पहिलेको जस्तै कसिलो बनाउँछ यो एन्टि एजिङ्ग मास्क चबनाउन चाहिने सामाग्रीकेरामेवामहआलमण्डको तेलअण्डाको सेतो भागइसेन्सियल तेल (अण्डाको बास्ना कम गर्नको लागि ओरेन्ज ग्रेप्स इसेन्सियल तेल प्रयोग गर्न सकिन्छ ।)एन्टि एजिङ्ग मास्क बनाउने तरिकापाकेको केरा अलिकति, पाकेको मेवाको टुक्रा अलिकति र २ चियाचम्चा मह, आलमण्डको तेल १ टेबलचम्चा र अण्डाको सेतो भाग लिने । यसलाई मिक्चरमा हालेर पेस्ट बनाउनुहोस् । अनि सानो कचौरमा राखे । त्यसमा २ वा ३ थोपा जति इसेन्सियल तेल राखेर मिक्स गर्ने । यती गरिसके पनि एन्टि एजिङ्ग मास्क तयार हुन्छ एन्टि एजिङ्ग तातो पानीमा तावेल भिजाउने अनी निचरेर उक्त तावेलले २ वा ३ मिनेट जति अनुहार सफा गर्ने । त्यसपछि तयार भएको एन्टि एजिङ्ग मास्कको बाक्लो लेप अनुहारमा लागउने । मास्क पूर्णरुपमा सुकिसकेपछि कटनको कपडा पानीमा भिजाइ तल देखि माथिको डाइरेक्सनमा उक्त सुकेको मास्क पुछ्ने । त्यसपछि सफा पानीले अनुहार धुने । अनुहार धोइ सकेपछि आइस क्युबले मसाज गर्ने । यसले अनुहारलाई कसिलो बनाउनमा मद्दत गर्छ र तपाई ५ वर्ष यौंग देखिनुहुनेछ यो प्रक्रिया हप्तामा २ वा ३ पटक गर्न सक्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?