काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. नेपालले आफ्ना सबै बाइक तथा स्कूटरहरुको अनलाइन https://tvsnepal.com/shop मार्फत् बिक्री सेवा शुरु गरेको छ ।
अनलाईन मार्फत ग्राहकहरुले यसको उत्कृष्ट विशेषताका साथ बिक्री सम्बद्ध सबै प्रकारका कार्यहरुका बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माथि उल्लेखित साइटमार्फत ग्राहकहरुले विशेषताहरुका बारेमा स्पष्ट जानकारी पाउनुका साथै सवारीका बारेमा वित्तीय र अन्य पक्षहरु जसले ग्राहकलाई पारदर्शी र सम्भव भएसम्मको यथार्थ विवरण उपलब्ध गराएर एक प्रत्यक्ष अनुभव गराउन सक्नेछ ।
यस प्रणालीले ग्राहकलाई समग्र खरीद प्रक्रियाका बारेमा निर्देशित गर्नेछ र अर्डर गरिएका सवारी साधनहरु ग्राहकद्वारा उल्लेखित ठेगानामा कम्पनीको कर्मचारी स्वयम्ले पु¥याइदिनेछन् । साथै परिस्थितिलाई मध्यनजर राखेर निकट भविष्यमै हाम्रा शोरुम र अन्य सर्भिस केन्द्रहरु भौतिक दूरी कायम गरी संचालन गर्ने योजनामा पनि हामी अग्रसर रहेको जनाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन केही खुकुल बनाएसँगै जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरुका लागि सुविधाजनक सेवा उपलब्ध गराएको जनाएको छ ।
अनलाइन बिक्री सेवा सुचारु गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले भनेका छन्, “आज हामी सबै एउटा जटिल परिस्थितिसँग जुधिरहेका छौं र यो परिस्थितिमा हामीले हाम्रो व्यवसाय, दैनिकी जीवनलाई गति दिन पनि परेको छ भनें आफ्नो स्वास्थ्य सुरक्षामा पनि विशेष ध्यान दिन जरुरी भएको छ । अतः अहिलेको अवस्थामा स्वास्थ्यका दृष्टिकोणले २ पाँग्रे सवारी साधन अत्यन्त सुरक्षित साधन हुन सक्दछ र यसप्रति धेरै ग्राहकहरुको आकर्षण बढेको पनि छ । यसैले शोरुम संचालन नभैरहेको परिप्रेक्ष्यमा हामीले आफ्ना ग्राहकहरुलाई अनलाइन् माफृत् नै २ पाँग्रे सवारी साधन बिक्रि गर्ने लक्ष्य लिएका छौं । आशा छ, यो सेवाले ग्राहकहरुलाई सुरक्षित रहन र आफ्नो कार्यलाई अघि बढाउन मद्दत पुग्ने नै छ ।”
अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरु मध्ये नेपालमा १०० देखि ३१० उपलब्ध छन् । विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटरसाइकल तथा स्कूटरहरु नेपालमा भारत तथा इण्डोनेशीयामा निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् ।
टिभिएसले नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया