काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वमा तरंग फैलिएको छ । विश्व समुदायमा आर्थिक मात्र नभएर सबै किसिमका सेवाहरु अवरुद्ध भएका छन् । कोरोनाको कारण नेपाल जस्तो विकासशील राष्ट्रको लागि त झन कोरोनाको असर आगामी दिनमा धेरै पर्ने देखिएको बेला विभिन्न क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
मोहर डिजिटल प्रालिका अध्यक्ष, जगदीश श्रेष्ठले कोरोनाले पुनः एक पटक नेपाल जस्तो देशमा डिजिटल बैंकिङ्ग र क्यासलेस ट्रान्जेक्सनको सन्दर्भमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा थप नविन सेवा प्रदायकहरु आउने बताएका छन् ।
आइतवार लोकपथ विशेषः ‘क्यासलेस नेपाल सपना र चुनौती’ अन्तर्कियामा बोल्दै श्रेष्ठले आफुहरुले निकट भविष्यमा नेपालमा ‘ट्याप एण्ड पे कन्स्पेट’मा सार्वजनिक यातायात क्षेत्रको मागलाइ मध्य नजर गर्दै प्रिपेड कार्ड संचालनमा ल्याउन लागेको बताए । यसै प्रशंगलाई उद्रृत गर्दै उनले भने, “काठमाडौं मा करिव ४० लाख जनसंख्या छ र सार्वजनिक यातायातको प्रयोग व्यापक भएको हुँदा प्रिपेड कार्डका माध्यमबाट क्यासलेस ट्रान्जेक्सन सुरु भएपछि उपभोगता र व्यवसायी लगायत सम्पूर्ण सरोकारवालाहरु लाभांवित हुन्छन् ।”
त्यस्तै फिन्टेक इण्ड्रष्टीलाइ मात्र क्यासलेस ट्रान्जेक्सनमा मात्र सिमित गरेर हेरिनु नहुने श्रेष्ठको तर्क रहेको छ । “यसको प्रयोगले डेटा बेस निर्माण हुन्छ र जसले भबिस्यमा व्यवसायीहरुलाइ विजनेस प्लान, बिजनेस प्रोसेसिङ्ग गर्न सजिलो हुन्छ अर्को तर्फ सरकार एबम नीति निर्माणको तहमा रहेका नियामक निकायहरुलाई पनि पोलिसी निर्माणमा सहयोग हुन्छ भने उपभोगताले एकुरेट पेमेन्ट गर्ने सुविधा प्राप्त गर्छ” उनले भने।
नेपालमा टेक्नोलोजी एड्यापटेसन रेट स्लो भएका कारण सबै नयाँ नयाँ फिन्टेकलाइ यो चुनौती हुने रहेको उनले बताए । यसै गरी नीतिगत तहमा पनि थुप्रै सुधारका कार्यहरु बाँकी नै रहेको भन्दै यस्ता रिस्कहरु साबि सरोकारवालाहरु को प्रयासमा न्यून गर्दै लैजानु पर्ने उनको धारणा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया