भोलिदेखि टेलिभिजन र रेडियोबाट पढाइ हुँदै, यसरी मिलाइएको छ प्रवन्ध

काठमाडौं । लकडाउनको कारण लामो समयदेखि रोकिएको पठनपाठन सोमवार देखि सरकारले विभिन्न बैकल्पिक माध्ययमबाट विध्यालय सुचारु गर्ने भएको छ ।

कोरोना सक्रमणको जोखिमका कारण विध्यालयमा भौतिक उपस्थिती नगराइ विध्यार्थीहरुलाई विभिन्न टिभी च्यानल, रेडियो नेपाल, कान्तिपुर एफएमलगायतबाट विषयगत रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ।

सोमवारबाट देशभर टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरले जनाएको छ ।

श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार तहगत आधारमा सम्बन्धित तहको पाठ्य पुस्तकको आधारमा तयार पारिएको श्रव्य दृष्यका आधारमा पठन पाठन संचालन गर्न लागेको जनाएको छ ।

त्यस्तै सबै विध्यार्थीको हकमा असहज हुने भनिएपनि इन्टरनेट पहुँच हुने विद्यार्थीले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सकिने बताइएको छ ।

कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको केन्द्रका निर्देशक माधवप्रसाद दाहालले बताए ।

केन्द्रले यसरी मिलाएको छ पठन पाठनको प्रवन्ध:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?