पोखरा, ६ फागुन । प्रदेश नं. ४ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन् । आइतबार भएको मतदानमा उनले ३८ मत ल्याइ निर्वाचित भएकी हुन् नेपाली कांग्रेसबाट उपसभामुख पदमा उम्मेदवार दिएकी मनकुमारी गुरुङले १८ मत ल्याएकि थिइन् उनलाई उपसभामुखमा एमाले सांसद मायानाथ अधिकारीले प्रस्ताव गरेका थिए भने माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङले समर्थन गरेकी थिइन् त्यस्तै प्रदेश ४को सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया