सन्दर्भ शिक्षाको : जल्दाबल्दा समस्या र अल्मलिएको अवस्था

शिक्षा आरम्भको परम्परा
ऋषिकुल, गुरुकुल, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च हुँदै अगाडि बढ्दै आएको शिक्षाको आरम्भको परम्परा देखिन्छ । सभ्यताको मुहान, छहरा, नदी, नाला, पोखरी कुण्डमा ज्ञान, ध्यान, तप, जप, गुरु शिष्य परम्पराको एक भक्तिका साथमा नितान्त ज्ञान शान्ति, सन्तुष्टि, आदर्श, नैतिकता, पवित्रताका नामकमा चरित्र निर्माण गर्नु शिक्षाको यात्राको पृष्ठभूमि देखिन्छ ।

नेपालमा शिक्षा

नेपालमा पनि गुरुकुल, ऋषिकुल हुँदै दिङला पाठशाला, तीनधारा पाठशाला लगायत विभिन्न संस्कृत पाठशाला स्थापना भई औपचारिक रुपमा विद्यालय भर्ना भएर संस्कृत पढ्ने परम्परा देखिन्छ । लघु कौमुदी, पाठ स्त्रोत्र, रुद्रि, चण्डि लगायत कर्मकान्डी, पण्डित, ब्राह्मण उत्पादन र ज्ञानको दियो बाल्दै पूर्वीय परम्परामा दरो बलियो आत्मोन्नतिका शिक्षाहरु लिन दिन थालेको देखिन्छ । यो पूर्वीय शिक्षाको आफ्नै विशिष्ट महत्व र पहिचान रहँदै आएको छ । यो पूर्वीय शिक्षाले चरित्रको निर्माण त ग¥यो तर ज्ञानलाई श्रमसँग जोड्न नसकेकाले कतिपयले ‘पुरेत्याईं’ शिक्षा भनेर नादिकुटी यदाकदा भएकै हो ।

दबार हाइस्कुल र त्रिचन्द्र कलेजको स्थापना

एकतन्त्रीय शासन नै भए पनि राणाहरु आफ्ना र उच्च भारदारका सन्तान बढाउन दरबार हाइस्कुलको स्थापना कोसेढुङ्गा मान्न सकिन्छ । त्यस्तै मैले आफ्नो खुट्टामा आफैले बन्चरो हानेँ भनेर उद्घाटन भाषण दिने चन्द्रशमसेरको पहलमा स्थापित त्रिचन्द्र कलेज अर्काे अँग्रेजी, विज्ञान वा आधुनिक उच्च शिक्षाको पहिलो पाइलो थियो ।

यसको स्थापनाले गर्दा नै जनचेतना विस्तार भई चन्द्रशमसेरको भनाइ सावित हुँदै गयो । राणाशासनको अन्त्यका लागि सहयोगी भूमिका तीनधारा पाठशाला र त्रिचन्द्र कलेजका उत्पादन उत्साही युवाहरुले नै परिवर्तनको संवाहक बन्ने अवसर पाए ।

फलस्वरुप २००४ सालमा पदम समशेरले ‘म राष्ट्रको नोकर हुँ’ भन्दै गर्दा पनि काम लागेन । जतिसुकै सेवक देखाए पनि २००७ सालमा एकतन्त्रीय शासन समाप्त भयो । तर पनि शिक्षा क्षेत्रमा पदमसमशेरको ठूलो योगदान रह्यो ।

कयौँ विद्यालय आफ्नै नाममा स्थापना भए । देशभरिका विभिन्न ठाउँमा र काठमाडौँमा पनि पदमोदयदेखि पद्मकन्यासम्मका निकै फेहरिस्तका स्कुल कलेज खुले । जनताको लागि यी शिक्षा संस्थाको उल्लेख्य भूमिका रह्यो । भारतको वनारस, हरिद्वार, ऋषिकेश, दिल्ली, पटना गएर पढ्नेहरुलाई नेपालमै उच्च शिक्षा पढ्ने अवसर र बाटोहरु खुल्ला भयो ।

राजनीति परिवर्तनसँगै शिक्षानीति सञ्चालन
२००७ देखि २०१७ सम्म राजनीतिले बाटो समात्न खासै सकेन । उतारचढाव ज्यादा भइरह्यो । समयका क्रममा आफ्नो गतिमा ठाउँ–ठाउँमा विभिन्न शिक्षा निर्देशकहरुले स्कूल कलेजहरु खोल्दै गए तर त्यो गति धिमा रह्यो । लगानीको आवश्यकता बढि पर्ने भएकाले पनि दाताले दिएको जग्गा, दाताले बनाइदिएको घर अनि सरकारी पर्ति जग्गामा घरहरु निर्माण भइ पठन–पाठनको मात्रा औपचारिक रुपमा बढ्दै गयो । विभिन्न कलेज स्कूल खुल्दै गए । भारतकै शैलीमा धेरै स्कूल, कलेज दाताकै नाममा नेपालमा खुले पनि ।

 

विश्वविद्यालयको स्थापना

इतिहासमा त्रिभुवन विश्वविद्यालयको स्थापना महत्वपूर्ण कडिको रुपमा रहेको देखिन्छ । रुद्रराज पाण्डेजस्ता निष्ठ र त्यागी उपकुलपतिलाई विश्वविद्यालयमा नियुक्ति गरेर प्रत्यक्ष रुपमा राजदरबारकै लगानीमा भएपनि खुलेको यो विश्वविद्यालय शिक्षाको उज्यालो दियो मान्न सकिन्छ ।Tribhuvan University | LinkedIn

त्रिचन्द्र कलेज स्थापनापछिको अर्काे ठूलो फडको विश्वविद्यालयको स्थापना मान्न सकिन्छ । वहु आयामिक शिक्षाको विकासमा नेपाल भित्रै पनि त्रिभुवन विश्वविद्यालय महाकवि देवकोटा शिक्षामन्त्री भएको वेला सोचिएको यो उच्च शिक्षाको जग पञ्चायतकाल भरि नै बलियो नै रह्यो । उउसले आफैले कलेज सञ्चालन गर्दै गयो… । अधिकांश कलेजहरुको इतिहास यो समय बलियो नै रुपमा थियो । दाताहरु चलायमान थिए । पठनपाठन स्तरीयमा खासै कमीकमजोरी थिएन ।

Tribhuwan University Ranks 1360 In University Ranking, Oxford Top ...

२०२८ को नयाँ शिक्षा योजना कलेजको दुर्दशा…

निजी क्षेत्रबाट दाताले आफ्नो लगानीबाट नितान्त सेवामूलक भावबाट विद्यालय/महाविद्यालय सञ्चालन गरिरहेको अवस्थामा नयाँ–शिक्षाको आगमनसँगै कलेजलाई सरकारीकरण गरियो । शिक्षक, कर्मचारीले तलब, पेन्सन त पाए, सुविधात त बढ्यो तर पठनपाठन भने नयाँ–नयाँ प्रयोग क्रेडिट व्यवस्था, सिमेस्टर प्रणाली सबै पास गर्ने जस्ता कुराहरु अगाडि आए । यद्यपि विषय र कुराहरु राम्रो भए पनि कार्यान्वयन यति फितलो भयो टेबुलमा खुकुरी, चक्कु राखेर पास गराउन धम्की दिन थाले । पढ्ने भन्दा आ–आफन्त र सोर्सफोर्स, धाक धम्की दिने गुन्डाहरुले सर्वाेत्कृष्ट नतिजाका परिणामहरु हातमा लिन पुगे । प्रतिशत कम भए पनि यो उदण्डता भित्र नयाँ शिक्षा फस्टाउन सकेन । ‘न सिप न सोमत’ दुवै गुमाएको उत्पादन देखिन थाले । लादिएको शिक्षा, आयातीत शिक्षा भनेर विरोध भयो र सबैलाई भर्ना दिन नसक्ने प्रवेश परीक्षा जस्ता कुराहरु आए । सबैले भर्ना नपाएको अवस्था उच्च शिक्षामा देखिन थालेपछि २०३६ सालको राजनीतिक आन्दोलन सँगै नयाँ शिक्षालाई बगाएर लग्यो । २०३६ देखि २०४७ सम्म ।

53,000 graduates to attend TU convocation in January ...

नयाँ शिक्षाका नाममा ६–६ महिने २ सिमेस्टर १ वर्षमा पूरा गर्नुपर्ने थियो हो त्यही पाठ्यक्रममा सामान्य हेरफेर क्रेडिट आवरलाई पूर्णाङ्कमा परिणत गरेर वर्षे कोर्स बनाइयो । परीक्षा प्रणालीलाई केन्द्रित गरियो । एक तह पार गर्न २वर्षे कोर्सको तयारी गरियो । प्रत्येक तह दुई वर्षमा उत्तीर्ण हुने व्यवस्था गरियो । डिग्री तह उत्तीर्ण गर्न (ः।ब्। ीभखब)ि भने १० महिने राष्ट्रिय विकास सेवा जस्तो प्रभावकारी र साँच्चै व्यवहारमूलक कार्यक्रम राखिएको थियो नयाँ शिक्षामा । यसले पञ्चायतलाई खान्छ भनेर स्थगत गरिएको यो रा.वि.से. आजका दिनसम्म पनि उठ्न सकेन । पञ्चायत त गयो नै त्यो भन्दा अगावै यो पनि गयो ।

निजी क्याम्पसको स्थापना

त्रिभुवन विश्वविद्यालयले आफ्ना क्याम्पसमा भर्ना दिन नसकेर जटिल अवस्था भइरहेकोमा तत्कालीन राष्ट्रिय शिक्षा समितिको सिफारिसमा त्रि.वि.ले विहानको समयमा सञ्चालन गर्ने गरी निश्चित मापदण्ड, भवन, फर्निचर र शिक्षकको व्यवस्था गर्न सक्ने जनशक्ति रहेको देखाउन आउनेलाई सम्बन्धन दिने निर्णय गरियो । फलस्वरुप २०३७ साल भाद्र १५ गते पहिलो चारवटा क्याम्पसलाई सम्बन्धन दिन पुग्यो ।

त्यसपछि अधिकांश सरकारी विद्यालयमा सञ्चालन गर्ने अनुमतिमा कलेजहरु आए । जसले त्रिविको भर्नाको चापलाई सरलकृत एकातर्फ ग-यो भने अर्कातर्फ पढ्ने वातावरण बन्दै गए । यद्यपि ती कलेजहरु प्राइभेट नाफा आर्जन गर्ने गरी खोलिएका होइनन् । समुदायको पहलमा कतै ट्रष्टको रुपमा त कतै सञ्चालक समितिको मातहतमा रहने गरी सञ्चालन भइरहे । जो आज भोलि ‘पब्लिक कलेज’ भनेर चिनिन्छन् । मदन स्मारक मा.वि. पुल्चोकमा खोलिएको साइन्स कलेज नै पछि धुलिखेलमा पुगेर काठमाडौँ विश्वविद्यालयको पूर्व रुप मान्न सकिन्छ । सस्तो शुल्कमा उच्चस्तरीय जनशक्ति उत्पादन र भर्नामा चाप हटाउन मद्दत ग-यो । त्रि.वि.को वा सरकारको एक रुपैयाँ पनि लगानी नभइ सेवामूलक भावले यी कलेज चल्दै गए ।

Kathmandu University. Photo Courtesy: Nitisha Subba Wanem

२०४७ सालको आन्दोलन र शैक्षिक स्थिति :
राजनीतिले शिक्षालाई २०४७ को आन्दोलन पछि पूरै थिच्यो । भागबण्डाको वातावरणमा कलेज, विद्यालय स्थापना हुन थाले । पब्लिक कलेज खोल्न पनि ७ जना त्रि.वि.का शिक्षकको जमानीमा बिहान, बेलुका पढाउने गरी धमाधम एकातर्फ पब्लिक कलेजहरु आएको अर्काेतर्फ राजनीतिक प्रभावले आफ्नो शक्ति विद्यालय, कलेजमा बढाउने प्रतिस्पर्धा हुन थाल्यो ।
आन्दोलनको मसी सुक्न नपाउँदै जस्केलाबाट सर्वशक्तिमान संसदभित्र काठमाडौँ विश्वविद्यालय स्थापना गर्ने विधेयक पेश भयो भनियो । नभन्दै विधेयक पारित पनि भयो काठमाडौँ विश्वविद्यालय स्थापना भयो । यो विश्वविद्यालय छुट्टै पहिचान बोकेर आफ्नो शैक्षिक यात्रामा अगाडि बढिरह्यो ।

उता कम्पनी ऐन मार्फत् स्कुल कलेज सञ्चालन गर्न दिने निर्णय भएपछि भरमार उद्योगपति, पूँजीपति, पैसा पति व्यापारी मारवाडी समुदाय सहित विद्यालय, कलेज खोल्न कम्मर कसेर लागे । अनि लथालिङ्ग र भताभुङ्गको वातावरण सृजना हँुदै गयो ।

डाक्टरहरु आफ्नो जागिर सुरक्षित राखी, नर्सिङ होम खोल्ने, प्राध्यापकहरु क्याम्पस खोल्ने, वैंकर्सहरु बैंक र वित्त कम्पनी खोल्ने, आफ्नो पदीय दायित्व भन्दा अतिरिक्त सावाको भन्दा ब्याजको माया गरेर धमाधम संस्थाहरु खुले । त्यसपछि सम्पूर्ण क्षेत्र अस्तव्यस्त हुन पुग्यो । रोगीको घर बन्दै गए— सरकारी संस्थाहरु । अनि भागबन्डाको नियुक्तिलाई एउटै पुस्तकलाई च्यातेर पढ्न सकिन्न भन्ने आवाज आइरहे पनि यो च्यातिने क्रम कायमै रह्यो ।

शिक्षाका जल्दाबल्दा समस्या

(क) शिक्षाको समग्र अवस्था : शिक्षाको विकास यात्रालाई हेर्दा व्यवस्था फेरियो, व्यवस्थापन फेरियो, मन्त्री फेरिए पनि शिक्षालाई चलाउने काम ज्यादा गरियो । आवश्यकता र औचित्य पुष्टि नगरी स्वार्थस्वरुप भोको बेला गरिदिउँ भन्ने अवस्थामा शिक्षाको यात्राक्रम ज्यादा क्षतविक्षत पारिँदै गयो । सिङ्गो कलेजलाई काट्यो, टालो, अनि फेरि नयाँ टालो हालेर रङ्गीविरङ्गी बनाए जस्तै प्राथमिक तहदेखि विद्यावारिधीसम्म ज्यादा प्रयोग गरिए त्यो नै शिक्षाको रुग्ण अवस्था मान्न सकिन्छ ।

(ख) शिक्षा प्रयोगै प्रयोगको क्रिडास्थलः शिक्षा प्रयोगै प्रयोगको क्रिडास्थलको रुपमा विकास हुँदै आएको देखिन्छ । कहिले प्राथमिक, कहिले पूर्व प्राथमिक, निमावि, माध्यमिक, उच्चमाध्यमिक कलेज भन्दै शब्दलाई तोडमोड गर्ने रुप फेरिने सार नफेरिने जुन दुर्गति र हविगत देखाप¥यो त्यसको फल शिक्षा ज्यादा प्रयोगमा दौरा न सुरुवाल को खल्ती जस्तो देखिन पुग्यो ।

(ग) चरम राजनीतिक हस्तक्षेप : पञ्चायतले पञ्चायत टिकाउन राजनीतिमा सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भनेझैँ स्कूल, कलेज विश्वविद्यालय सबै हाम्रो र राजनीति गर्ने र आफ्नो पार्टीको लडाकु उत्पादन गर्ने प्रतिस्पर्धामा अनेक राजनीति पक्ष, र विपक्षको राजनीति गर्ने स्वतन्त्र केन्द्रीय स्थल नै विद्यालय र क्याम्पसमा बनाइए । फलस्वरुप कुनै रङ्गिएको भित्ता थियो भने त्यो विद्यालय कलेज भन्ने बुझिन्थ्यो र विकृतिको नराम्रो रुप रहिरह्यो । पञ्चायत व्यवस्थालाई समाप्त गर्ने राजनीति कलेजहरु भए । त्यो हस्तक्षेप जुनसुकै पक्षबाट भए पनि त्यो हस्तक्षेपले निरन्तरता आजका दिनसम्म पाइरहेको छ जो ज्यादै दुर्भाग्य मान्न सकिन्छ । शिक्षाको जटिल समस्या र विकृति भित्रिनुमा राजनीति हस्तक्षेप हुनु नै हो ।

(घ) समन्वयको अभाव : शिक्षा सर्वाङ्गिण विकासको मूल आधार त भनियो त त्यो आधार खडा गर्ने तालमेलको साह्रै अभाव भयो । आदेशात्मक निर्णयहरु भए, बहस र छलफल पछि सार निष्कर्ष निकाल्ने कुरामा चुकिरह्यो । शिक्षक नियुक्ति, सोर्सका आधारमा जागिर दिने संस्थाका रुपमा शिक्षालाई प्रयोग गर्न थालियो । एउटै र एकै किसिम उमेर समूहका एउटै कक्षामा पढ्नेले पनि हुने खाने र हुँदा खानेले प्रतिमा भएर पनि शिक्षा लिने कुरामा विभेद उत्पन्न भयो । आरक्षण कोटाका शिक्षा नियुक्ति हुन थाले । राहत, आरक्षण, अनेक कोटाहरु भए, त्यो पूर्तिमा न्यायसंगत दक्षता र योग्यताका व्यक्तिहरु चयन हुन सकेनन् फलस्वरुप समन्वयको अभाव देखियो ।

(ङ) पठन–पाठनको दुर्गति : पाठ्यक्रम पदाधिकारीको नजिकको समूहले एउटा उद्देश्य राखेर निर्माण गर्ने, अनि अर्काे समूहले पुस्तक लेख्ने, अनि कहिले कुनै तालिम प्राप्त नगरेको शिक्षकले पाठ्यक्रम नै नहेरी पुस्तका आधारमा पढाइदिने, पाठ्यक्रमको उद्देश्य बुझ्नु नपर्ने, जसले पढाउँछ, जसले पाठ्यक्रम बनाउँछ वा जसले पुस्तक लेख्छ त्यसले प्रश्नपत्र निर्माण गर्र्दैन । अनि आफ्नै तालको प्रश्नपत्र निर्माण गर्ने, अनि त्यो तालमेल विहीन विषयको घोकन्ते विद्यार्थीले उत्तर पुस्तिकामा लेख्ने, कहिले पुस्तक, पाठ्यक्रम, ८ कक्षा नलिएकाले उत्तरपुस्तिका परीक्षण गर्ने, त्यसबाट निस्केको रिजल्ट वा नतिजा सार्वजनिक गरेर यति प्रतिशत पास भयो भनेर जुन विधिबाट हाम्रो शिक्षा अगाडि गइरहेको छ अर्थात् पाठ्यक्रम, पाठयोजना, पाठ्यपुस्तक पठन–पाठन, परीक्षा, उत्तरपुस्तिका परीक्षण प्रश्नपत्र निर्माणको रुक रुपता उद्देश्यपरक गर्न नसक्नु नै शिक्षामा देखिएको ठूला दुर्गति मान्न सकिन्छ । यो पनि मोलाहिजावादमा विद्वान्हरु अध्ँयारो कोठामा परिरहे तर पहुँचवालाको प्रतिफल शिक्षा भइरह्यो ।

(च) शिक्षालाई पेटसँग जोड्न खोज्दाको दुर्गति : हिजोको शिक्षा चरित्र–निर्माण र ज्ञानकेन्द्रि आदर्शको धरातलमा केन्द्रित थियो । आजको शिक्षामा नैतिकता र चरित्रनिर्माण ‘ज्ञान’ पक्षको विश्लेषण लगभग शून्य हुन पुग्यो । सूत्रात्मक ज्ञान, सूचनामूलक ज्ञान, संवादमूलक ज्ञान विज्ञान र प्रविधिको पहुँचमा त आयो तर सही विश्लेषण र यथार्थता आउन सकेन । प्रविधि शिक्षा, रोजगारमूलक शिक्षा, व्यवहारिक शिक्षाका नाममा धेरै पाठ्यक्रम बने, बनाइए, पढ्यो च्यात्नेको परिपाटी विकास भयो । ज्ञानको भन्दा पेटको सवालमा केन्द्रित रह्यो । मोजमजा, सुखसयल ‘एनि हाउ पैसा कमाउ’ भन्ने पद्धति विकास भयो । एकले अर्कालाई भन्ने आलोचना गर्ने तर जति सकिन्छ, प्रत्येकले अपवाद छोडेर आफ्नो हैसियत अनुसार जे जति पाइन्छ खाने नीतिमा मान्छे पुग्यो । डर, नैतिकता, लाज, सरम, सबे हरायो शिक्षालाई पेटसँग जोड्दा लुटतन्त्रको विकास भयो । पैसाको लागि जे पनि ग¥यो ।
(छ) यन्त्रमानव : मान्छे मेसिन बन्यो, मेशिनरी पार्टपूर्जा र विज्ञानले दिएको सुविधा किन नभोग्ने भन्ने नाममा चरम विकृति भित्रियो । सामाजिक सञ्जाल होस् वा अन्य टिभी रेडियो, अनलाइन, फोन जे जति सञ्चारका साधन प्रयोग ग¥यो र त्यसले जे दिन्छ त्यसैमा रमायो तर गहिरो ज्ञान हरायो । ज्ञान त ‘डाउन लोडमा’ केन्द्रित भयो । कपि पेष्टमा गयो । एताको उता सारो दिमागमा केही राख्नुपर्ने क्या मीठो आवाज, क्या ! मीठो टिकटक, क्या मीठो बोली, क्या मीठो प्रस्तुति, कति सुन्दर, सुन्दर, अति सुन्दरका फेसबुक टिप्पणीमा दङ्ग प-यो, च्याट चलायो, दिन बितायो अब त लहर चलेको छ भिडियो कन्फ्रेन्स पुगिगोनी प्रत्यक्ष प्रसारण । अर्थात् मान्छे दिमाग विनाको मेशिनरी यन्त्रको रुपमा परिणत भयो । श्लील अश्लील छुट्टिन छोड्यो र यो विकृतिले खर्लप्प खाएको छ— वर्तमान समाज । या नसा पनि वर्तमान समस्याको जल्दोबल्दो समस्याको रुपमा समयको वर्वादीमा देखिँदै आएको छ ।
(ज) ज्ञान पुस्तकमै सीमित : ठूलो अध्ययन अनुसन्धानकारी ज्ञानका अनुरागी तपस्वीबाट निस्किएका विश्वबजारका गहनतम महनीय कृतिहरु दराजमा कोचिएका छन् । लेखक र प्रकाशकसँगै थन्किएका छन् । पुस्तकपसलमा पनि अब पाउन छोडेको छ । किनकि ट्याक्स तिर्न पर्छ यस्तो महँगो पुस्तक कस्ले मगावस कस्ले किन्ने, भनेर ज्ञानका राशीहरु पुस्तकमै सीमित छन् । त्यसलाई पढ्न होइन कतै लोड भएको र छ भने डाउनलोड गरेर पढ्दै नपढी पेष्ट ग¥यो, पिएडी । पुगिगोनी त्यसैले सबै प्राप्ति । राजनीतिज्ञलाई चाहिने प्रा.डा. भइहाल्यो । सकिगो नि । व्यवहारमा आवस नआवस, नियुक्ति पक्का, फूर्तिफार्ती अरुभन्दा माथि…. तर ज्ञानको त्यो ग्रन्थ अँध्यारो कोठरीमा फालिएको छ…।

(झ) जागिर खाने तर काम गर्नुनपर्ने : कुनै दल, पार्टी वा राजनीतिमा लागेको वा साथीले राजनीति गरेको भए पनि उसको पढाइको हैसियत पुगेको छ । टिपटाप ग¥यो, पद लियो, पद अनुसारको कामसँग के मतलब ? ब्याग बोक्यो, चिल्ला गाडी चढ्यो, दुईचारवता शब्दको गफ गर्न जान्ने भएपछि उसको सबैभन्दा ठूलो ज्ञान हुन्छ । अफिसमा गयो हाकिम रिझायो, कुरा लगायो, खायो, आफू सबैभन्दा ठूलो अरु सबै भुसुना जे गरेँ मैले गरेँ यो अफिस नै मैले थेगेको छु भन्ने फोस्रो नारा दिएर घमण्डी बनेर ‘अहंवादी’ बन्ने अवसरमा केन्द्रित छ । चाहे सरकारी जागिर होस् वा अन्य संस्थाको रिटायर्ड पछिका १० वर्ष आफूले काम गर्ने थलो बनाउने बाटो खनिरहेको छ जागिरमा बसे । जागिर अनि धन, अनि मानमा दिमाग छ । आफ्नो कामको चिन्ता छैन । चरित्रको महत्व राख्दैन । अर्थात् पद, पैसा, प्रतिष्ठाको लागि जे पनि गर्छ तर आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गर्दैन । राम्री र राम्रोमा आफ्नो पहुँच विस्तार गर्न ऊ सदैव स्वार्थलाई सर्वाेपरी राखी दौडिरहेछ ।

यावत यी व्यवहारिक जल्दाबल्दा समस्याको सार भनेको शिक्षामा राजनीति, हल्काफुल्का सोच, अनुशासन, इमानदारिता, कर्तव्य र जिम्मेवारी बोध नगर्ने, अल्पकालीन फाइदामा केन्द्रित समाजको उत्पादन नै विकृतिको जरो बनेको छ । यसको कारक तत्व भनेको हामीले दिने र लिने विद्यालयदेखि विश्वविद्यालयको शिक्षा नै हो । ठगेर काम नगरी, गफ गरेर खाने प्रवृत्तिको विकास नै वर्तमान समयको जल्दाबल्दा समस्या मान्न सकिन्छ यो नै अलमलिएको अवस्था हो । अनि फेरि नयाँ शिक्षामा रहेको सिमिस्टर प्रणाली, क्रेडिट कोर्स, प्रवेश परीक्षा, घुमाउरो पारालो विगत केही वर्षदेखि छिराइएको छ । यसरी शिक्षामा अस्थिरता निम्त्याएको पाइन्छ ।

समाधानका उपायहरु :
(१) शिक्षामा लगानी बालुवामा पानी :
वालुवामा जति पानी हाले पनि सोचिरहन्छ त्यस्तै शिक्षामा जति बजेट खर्च गरे पनि प्राप्ति वा उपलब्धि क्षिण भइरहेको देखिन्छ । चाइनिज विद्वान्ले भनेका थिए रे ! तिमीलाई तीन महिनामा प्रतिफल खानु छ भने धान रोप, ५० वर्षपछिको प्रतिफल खोज्ने हो भने शिक्षामा लगानी गर । तर अहिले नेपाल स्कुल, कलेज निजीस्तरमा खोल्ने अनि व्यवसायिकरण गरी त्यही साल नाफा कुस्त कमाउने सोचका साथ लगानी गर्न थालेकाले विकृति बढेको छ । त्यसैले चुस्त अनुगमन प्रणालीद्वारा नियन्त्रण गर्नुपर्दछ ।

स्वास्थ्य र शिक्षालाई पैसा कमाउने केन्द्रीय थलोभन्दा सेवा पछिको मेवाको रुपमा विकास गर्ने वातावरण बनाउन पर्दछ । हामी कुन अवस्थामा रहेका छौँ भन्ने कुरा त कोभिड १९ मा स्वास्थ्य क्षेत्रमा देखिएको दुर्गतीबाट पनि थाहा पाउन सकिन्छ ।

सरकारले यो वर्ष पनि आ.व. २०७७÷७८ को लाग शिक्षा विज्ञान र प्रविधिमा १ खर्ब ७१ अर्ब ७१ करोड रकम विनियोजन गरेको छ । सबैभन्दा अन्य शीर्षकको तुलनामा धेरै बजेट विनियोजन गरिएको यो क्षेत्रमा ध्यान पु-याउन सक्नुपर्छ ।

वालुवामा पानी बन्नु हुन, सहि सदुपयोगमा ध्यान दिन जरुरी छ । विनियोजनका क्रममा भनिएको मानव पूँजी निर्माण, सामाजिक रुपान्तरण, शैक्षिक पूर्वाधार र जनशक्तिको विकास गुणस्तरीय र जीवन उपयोगी शिक्षामा खर्च गरिने कुरा छ । यो गुणस्तर र जीवन उपयोगी बनाउने कुरामा बजेटलाई जोड्न सक्नुपर्दछ । वर्तमान संरचना र जनशक्तिले र राजनीतिक जोड बटाउन पद र दायित्व हेर्दा शब्द बाहेक अर्थमा पाउन कठिन छ । यसतर्फ सोच्नै पर्दछ । आधारभूत शिक्षा, राष्ट्रपति शैक्षिक कार्यक्रम भर्चुअल शिक्षा, आदि इत्यादिमा खर्च गरिने कुरा सुन्दा राम्रो व्यवहारमा नराम्रो भन्ने अर्थमा विकास भएको छ । यसतर्फ चनाखो सम्बद्ध पक्ष हुनैपर्दछ । अन्यथा बालुवामा पानी हुनजान्छ ।

२. आवश्यकता र औचित्यको पुष्ट्याइँ :
विगतका वर्षमा राजनीतिले शिक्षालाई धेरै डो-यायो । पहुँचको आधारमा देशले धान्नै नसक्ने विश्वविद्यालयहरु आए । खाली कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार बन्ने गाडीमा कुद्ने रहरमा धमाधम विश्वविद्यालय खुल्दै गए । बजेटको नास ज्ञानको विनास अर्थात् सत्यानासको शैलीमा पुगे । जहाँ जुनरुपले विश्वविद्यालय खुले पनि तिनीहरुको काम भने नेपालको प्रमुख शहर बजारमा क्याम्पसलाई सम्बन्धन दिने सम्बन्धन शुल्क लिने, जथाभावी, शिक्षालाई च्यात्ने र चुँड्ने काम भइरह्यो । जो अहिले पनि चलिरहेको छ । यो परम्परा तक्काल बन्द गर्नुपर्दछ । भएकालाई सुदृढ गर्ने, अनावश्यकतलाई मर्ज गर्ने परिपाटीमा गइहाल्नु पर्दछ । ७वटै प्रदेश मेरो तेरो भन्दै कस्ले पहिले विश्वविद्यालय खोल्ने र कस्लाई कुलपति जिम्मा लगाइहाल्ने भन्ने प्रतिस्पर्धा देखिएको छ । अनुगमन मूल्याङ्कन गुणस्तर पूर्वाधार केही नपर्ने पहिला खोल्दिने अनि खोज्ने परिपाटीमा बजेट सक्ने काम गर्ने हुन् । नेपाल जस्तो सानो मुलुक धेरै विश्वविद्यालय चाहिन्न । भएकालाई सुदृढ गरौँ नचाहिनेलाई खारेज गरौँ ।


३. बुद्धिजीविहरुमा पदमोह :
पद, पैसा र मानसम्मानको मोह सामान्यलाई भन्दा बुद्धिमानीमा ज्यादा देखियो । अनि मन्त्री आए अनि सल्लाकार बन्यो, पावर एक्सरसाइज ग¥यो, आ–आफ्ना विचार मन्त्री महोदयलाई सुनाथ्यो गहन–अध्ययन र चिन्तन भन्दा जागिर खाने रुपमा बुद्धिजिवि पनि पार्टीमा बाँडिएकाले जे गरे पनि आफ्नो पार्टीको ठिक अर्काको बेठिक भन्ने परम्परा पदमोहले ज्यादा देखियो । जे सत्य हो, जुन नभइ नहुने हो जे गर्दा उपयुक्त र राम्रो हुन्छ, त्यसको बारेमा निर्णय नदिई ‘हवस र हुन्छ’ भन्ने हुन्छ बहादुरका रुपमा बुद्धिजिवीका कित बाँडिने परमपरा जबसम्म निणएयमा निषेध गरिन्न तबसम्म कुनै तुक रहन्न बजेटको । आयोग, समिति, उपसमिति, कार्यदल अनेक गठन ग¥यो तलब, भक्ता, अनुसन्धान भक्ता, गाडी, तेल बजेट झ्वाम । फिल्डमा रिक्तै…. । ज्ञान एकातिर बुद्धिजीवि अर्काेतिरको परम्परा रोक्नैपर्छ । सहि बाटो शिक्षामा निर्देश गर्ने हो भने.. ।

४. दिगो विकास र स्थायित्व नै गुणस्तरको आधार :
शिक्षा विना कुनै पनि अङ्ग पूर्ण हुँदैन । त्यसैले शिक्षालाई प्राथमिकता दिनै पर्छ नै । तर हाम्रो देशमा शिक्षालाई ज्यादा परिर्वतन, परिर्वतनको लागि परिर्वतन, स्वार्थकेन्द्रित दम्भको आधारमा पाठ्यक्रम हचुवाको भमा राजनीतिका नजिकका पण्डितहरुले गर्नसम्म दोहन गरे । यो शैक्षिक दोहोन नै गुणस्तर, दीगोविकासमा बाधक बन्यो । यसो गरिनु कदापि हुन्न । कम्तिमा दुर दृष्टि राखेर राष्ट्रलाई चाहिने जनशक्तिको आवश्यकता पहिचान गरी दुरगामी नतिजा प्राप्त गर्ने गरी पाठ्यक्रम पाठ्यपुस्तक, कक्षाकोठा, शिक्षक र पठन–पाठनलाई सुदृढीकरण र दीगोविकासमा जोड दिऔँ । कम्तिमा १० वर्ष सञ्चालन हुने भिजन, मिसनका साथ दिगो पाठ्यक्रम र गुणस्तरतर्फ लागौँ । परिवर्तनका लागि परिवर्तन नगरी अल्पशोच र क्षणिक फाइदामा नलागौँ ।
५. शिक्षामा अन्यौलता र अलमलिएको अवस्था :
कहिले उच्च मा.वि., कहिले मा.वि.का साइनबोर्ड लेख्दै हटाउँदै विगतका वर्षहरु खेरा गए । अहिले पनि कुर्सिमा पुग्ने सबभन्दा जान्ने भन्ने परिपाटी हावी छ । जसले गर्दा अन्यौल छ । कक्षा १० को कोरोनाको कहरले परीक्षा केन्द्रिकृत नगरी विद्यालयकृत गरियो, ११ पनि गरिएला १२ मा मात्र केन्द्रिकृत होला तर यो वर्ष यही रुपमा उत्तीर्ण हुने फेरि अर्काे वर्ष उही पुरानोमा जाने जस्ता परिपाटी विकास गरियो भने समाजमा ती विद्यार्थीहरु प्रति नकारामात्मक भावले प्रश्रय पाउँछ । जाँच नदिई पास भनको हो कि जाँच दिएर पास भाको भन्ने आवाज उठ्न थालिसकेको छ । अब प्रत्येक वर्ष ११ सम्म विद्यालयलाई नै छाडि माथिल्ला निकायले अनुगमन गर्ने परिपाटी अपनाई केन्दिकृत परीक्षा प्रणाली कक्षा ११ सम्म छोड्नुपर्छ । अन्यथा दुुई वर्गको वातावरण बन्न दिन हुँदैन ।

६. निचोड / सार :

(क) शिक्षाको अवस्था रोगीको घरजस्तो
संक्षेपमा भन्दा वर्तमान शिक्षाको अवस्था रोगीको घर जस्तो छ । पुस्तकका पाना च्याते जस्तै ज्ञानलाई क्षतविक्षत पारेर राजनीतिले च्यातेको छ । आवश्यकता र औचित्य भन्दा पनि स्वाभिमान र शक्तिशाली आफू वा दललाई देखाउन विद्यालय, महाविद्यालय, विश्वविद्यालयहरु खुलिरहेका छन् । यो परिपाटीले गुणस्तर होइन ‘सीप न सोमत’ दुवै गुमेको उत्पादन हुनेछ । यो ज्यादै दुःखद छ । नेतृत्व चलाख हुनैपर्छ । वरिपरि आफूसँग घुम्ने गणेश प्रवृत्तिका विद्वान्हरुको भरमा शिक्षालाई मनपरि किसिमले चलाउने भएकालाई मास्ने नयाँ बन्न पनि नदिने बाँदर प्रवृत्ति नहोस् जसले बजेट विज्ञान र शिक्षामा ठूलो छ । चाहिन्छ पनि सकिन्छ पनि तर कार्यान्वयन क्षमता भएन नियत खराब भयो, निजी र जनस्तरका भेर कक्षा कोठामा फरक गरियो, अयोग्यलाई प्राध्यापक शिक्षक बनाइयो । विभिन्न पद पैसा छाडेर गुणस्तर सुधार भयो, पूर्वाधार तयार गरियो भन्ने र मनको लड्डु घिउसँग खान त सकिन्छ यथार्थमा घिउ त के कोदो रोप्न वियसम्म मुसा प्रवृत्तिले खाइदिएर शिक्षाको जरो नै भत्किन बेर छैन— त्यसैले बेलैमा सजग हुनुपर्ने वर्तमान मौजूद स्थिति देखिन्छ ।Convocation Day - MVM

शिक्षालाई ज्ञानसँग जोडौँ, चरित्र निर्माण गर्न लागौँ । उच्च मनोबल भएको देशप्रेमी, स्वाभिमानी नैतिकवान परोपकारी स्नेही, दृढ र समक्ष व्यक्तित्व निर्माण गर्ने होनाहार भविष्य पुस्ता निर्माण गरौँ ।

(ख) असल पुस्ता निर्माणको अभियानमा लागौँ

पदमा बस्नेहरु पदमा बस्दा इमानदार देखिए पनि रिटार्ड पछि म राजनीतिमा जान्छु म संवैधानिक अङ्गमा जान्छु, राजदूत, मन्त्री खान्छु, त्यसैले विद्यार्थी जीवनदेखि नै ठेक्का पट्टामा भाग लिन्छु, पैसा कमाउँछु, पार्टीलाई दिन्छु, पार्टीले मलाई पछि माननीय मन्त्री दिन्छ।

त्यसैले मेरो वर्तमान संस्थान वा मन्त्रालयको जागिर वा सेवा भनेको ठूलो र हाकिमलाई रिझाउने पछि उनीहरुकै पाउ परेर नेता बन्ने बाटो हो । यो बाटोबाटै म पद, पैसा, प्रतिष्ठा आर्जन गर्छु भन्ने सोच राखेर काम गर्ने जनशक्तिलाई प्रोत्साहन दिने शिक्षा तत्काल बन्द गर्नेपर्छ । त्यागको राजनीति गर्ने, इमानदार राष्ट्रसेवक बन्ने, रिटायर्डपछि घर सेवा र समजसेवामा रमाउने, लिने भन्दा दिनेमा खुशी हुने खालको मनस्थिति ऐले सबैमा सचिवदेखि सुब्बासम्म निर्देशकदेखि सानो श्रेणीको कर्मचाीसम्म सबैको भाव देश सेवा हुनुपर्दछ ।

मलाई त देशले यति दियो, मैले देशलाई के दिएँ भन्ने भाव सोचेर काम गर्ने वर्तमान नेतृत्व र व्यवस्थापन हुनुपर्दछ । यही सिकोमा सिपमूलक, व्यवहारमूलक, नैतिकवान सफल होइन असल नागरिक उत्पादन गर्ने शिक्षा अबको आवश्यकता भन्ने कुरा नै सार मान्न सकिन्छ ।

क्रमश….

(यहाँ प्रयोग गरिएका तस्वीर ईन्टरनेटबाट लिईएको हो ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?