काठमाडौं । भारतको मध्य प्रदेशस्थित इन्दौर जिल्लामा एक दुर्भाग्यपूर्ण घटना भएको छ ।
त्यहाँ आफ्नी प्रेमीकालाई भेट्न गर्ल्स होस्टल पुगेका डाक्टरको मृत्यु भएको छ ।
उनी होस्टलमा प्रेमीकालाई भेटेर फर्किदै थिए । तब उनको खुट्टा पाइपबाट चिप्लियो जसका कारण अचानक उनको मृत्यु भयो ।
यो घटना इन्दौरको इन्डेक्स मेडिकल कलेजको हो । त्यहाँका एक डाक्टर प्रेमीका भेट्न गर्ल्स होस्टलमा गएका थिए र फर्किने क्रममा पाइपको सहायताले तेश्रो तलाबाट भैँमा झर्दै थिए ।
त्यहि बेला चिप्लिएर उनको मृत्यु भयो । उनको नाम आयुष रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया