यस्तो छ प्रदेश २ को बजेटको आकार: ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता

जनकपुर । प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार ९४५।९५० प्रतिशत र पूँजीगततर्फ १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) र वित्तीय व्यवस्थातर्फ १६ करोड (०.४८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

आयतर्फ आन्तरिक स्रोतबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार र नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार विनियोजन गरिएको छ । अपुग एक अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने अनुमान गरेको मन्त्री यादवले जानकारी दिए ।

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु दुई अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ भने विपद् व्यवस्थापनका लागि पाँच करोड र कुपोषण न्यूनीकरणका लागि दुई करोड विनियोजन गरिएको छ । यसैगरी ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिँदै २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि ३० करोड ६४ लाख ७७ हजार र अन्य कार्यक्रमका लागि २४ करोड ८६ लाख विनियोजन गरिएको छ । स्वास्थ्य शिक्षा, कृषि, सूचना प्रविधिमा जोड दिँदै सरकारले गुणस्तरीय शिक्षाका लागि दुई करोड विनियोजन गरेको छ । त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण गर्न, कृषि क्षेत्रलाई आधुनिकीकरण, पर्यटनलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?