अभिनेता सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अघि गरेका तीन ‘ट्वीट्स’

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आईतवार मुम्बईको बान्द्रस्थित आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेका थिए ।

३४ वर्षीय सुशान्त बितेको ६ महिनायता डिप्रेशनको शिकार भएका थिए । सुशान्तको मृत्युले अहिले सारा बलिउड शोकमा डुबेको छ ।

त्यति मात्रै होइन उनको मृत्युले बलिउड देखि लिएर सोसल मिडियासम्म इण्डस्ट्रीमा हुने नेपोटिज्मको बारेमा बहस शुरु भएको छ ।

यसैबीच सोसल मिडियामा सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अगाडि गरेका ट्वीटहरु भाइरल बनिरहेका छन् ।

सुशान्तका फ्यान्सहरुदे फिल्म छिछोरे स्टार सुशान्तले यी ट्वीट्स आत्महत्या गर्नुभन्दा केहि समय अगाडि मात्र गरेको बताएका छन् ।

फ्यान्सहरुले जस्ट्स फर सुशान्त सिंह राजपुत ह्याजट्यागमा ट्वीट गरेर सुशान्तको न्यायको माग गरेका छन् । तर कतिपयले भने यो ट्वीट फेक भएको पनि बताईरहेका छन् ।

पहिलो ट्वीटमा लेखिएको छ, ‘हामी पुरुषको हाम्रो स्वास्थ्य, हाम्रो मानसिक स्थिती, हाम्रो विचार, हाम्रो जिन्दगीको बारेमा सोधिदैन । हामीलाई त्यसप्रकारको ट्रीट गरिदैन् । म यी सबै कुराबाट धेरै थाकेको छु, तपाईहरुको साथमा लामो समय व्यतित गरेँ, मलाई थाहा छैन कि, म यो ट्वीट किन गरिरहेको छु ।’

त्यस्तै दोश्रो ट्वीटमा लेखिएको छ, ‘म आफ्नो जिन्दगीको असहज परिस्थितीसँग लडिसकेको छु, र केहि समयपछि यो ट्वीट्स डिलिट गर्नेछु, किनभने तपाईलाई थाहा होस् कि, यस मिडियोकर सक्सेससँग विरक्त लागिसकेको छ, मलाई फेम चाहिँदैन, यो धेरै आरमदायी हुन्छ होला, तर यसलाई झेल्नु धरै डिस्टर्बिंग छ ।’

त्यस्तै तेश्रो ट्वीट्समा उनले लेखेका छन्, ‘म यो सबै खत्तम गरिरहेको छु, एक राम्रो अन्त्यको लागि । टाढा गईरहेको छु, तर तपाईहरुको नजिक रहनको लागि । हुन सक्छ कि, यो पछि मानिसहरु एकअर्कामा कुराकानी गर्न शुरु गर्छन् । आफ्नो विचारहरु आफू भित्र राख्न बन्द गरुन् । संसारको अर्काे तिर फेरी भेटौँला, गुड बाई ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?