प्रदेश ७ का मुख्यमन्त्रीद्वारा सेती अञ्चल अस्पताल निरीक्षण

धनगढी, ७ फागुन । प्रदेश नं. ७ को एक मात्र रेफरल अस्पताल सेती अञ्चल अस्पताल विभिन्न समस्याले ग्रसित छ बिरामीको चाप अत्यधिक रहेको अस्पतालमा १ सय २५ शय्या भएपनि ३ सय शय्यासम्मको सेवा अस्पतालले दिनु पर्ने बाध्यता छ । थुप्रै समस्याहरुको चाङ रहेको अवस्थामा अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्टले निरीक्षण गरेका छन् आइतबार पदभार ग्रहण गरेको केही समय भित्रै मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती अञ्चल अस्पतालको अनुगमन एवं निरीक्षण गरेका हुन् । अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था दयनीय रहेकाले यसको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए । मुख्यमन्त्रीको अनुगमनका क्रममा सेती अञ्चल अस्पतालका सुपरीटेण्डेट डा. सजन केसीले मुख्य मन्त्री भट्टलाई अस्पतालको अवस्थाको बारेमा जानकारी दिएका थिए त्यस्तै, प्रत्येक वार्डहरुमा पुगेर अनुगमन गनुका साथै मुख्यमन्त्री भट्टले अस्पतालको सेवालाई प्रभावकारी बनाउन कुनै कञ्जुसाई नगर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?