एजेन्सी । अमेरिकाको फ्यारिडास्थित एक विद्याथलयमा गत साता भएको गोली प्रहारबाट बच्न सफल भएका विद्यार्थीहरुले अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुन कडा बनाउन दबाद स्वरुप वासिंटनमा र्याली निकाल्ने भएका छन् गत बुधबार विद्यँलयका पूर्व विद्यार्थी निकोलस क्रुजले सामूहिक गोली प्रहार गर्दा ३ कर्मचारी र १४ विद्यार्थीसहित १७ जनाको मृत्यु भएको थियो फ्लारिडाको पार्कल्याण्डस्थित विद्यालयका विद्यार्थीहरुले उक्त गोली प्रहारको घटनालाई अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी भइरहेको बहसलाई एउटा निर्णयक विन्दुमा पुर्याउने योजना गरिरहेका छन् उनीहरूकै शब्दमा ‘आफ्नै जीवन रक्षाका लागि र्याली’ निकाल्ने भनिएको उक्त र्याली राष्ट्रव्यापी रूपमा मार्च २४ तारिखका दिन वासिङ्टनमा निकाल्ने उनीहरूको योजना रहेको छ राजनीतिज्ञहरू जसले बन्दुक राख्न पाउने पक्षमा वकालत गर्नेहरूलाई बल दिन्छन् उनीहरूलाई लज्जित बनाउने उद्देश्यले यो र्यालीको आयोजना गरिएको बताएका छन् हिजो फोर्ट लडरडेलस्थित र्यालीमा बोल्दै गत साताको घटनामा बाँच्न सफल एक छात्राले सामूहिक गोली प्रहारको घटना भएको आफ्नो विद्यालय नै अन्तिम ठाउँ हुने बताइन् बुधवार हमला गर्ने १९ वर्षीय निकोलस क्रुजले आक्रमणमा आफूले प्रयोग गरेको अर्ध स्वचालित राइफल कानुनी रूपमै किनेको स्वीकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया